हरेक महिना बरदानको ‘लास्ट थस्डे सेल’, अनलाइन स्टोरमा विशेष छुट र आकर्षक उपहार पाईने

  • Technology Khabar | २४ मंसिर २०७७, बुधबार
हरेक महिना बरदानको ‘लास्ट थस्डे सेल’, अनलाइन स्टोरमा विशेष छुट र आकर्षक उपहार पाईने

काठमाडौं ।

पोखराबाट अनलाइन व्यापार गर्दै आएको बरदान अनलाइन स्टोरले “लास्ट थस्डे सेल” लिएर आएको छ । हरेक महिनाको अन्तिम बिहिबार (बुधबार राति १२ बजे देखि) लास्ट थस्डे सेल बरदानमा सुरु हुनेछ ।
उक्त सेल अन्तर्गत बरदानले भौचरहरु, छुट सेल, लाइभ क्विज र सामानहरुमा आकर्षक छुहरु लगायत अन्य धेरै अफरहरु हुनेछन् ।
साथै महिनाभरी सपिङ गर्ने ग्राहकले आकर्षक गिफ्ट ह्याम्पर अन्तर्गत ५ जनाले परडिसो रेष्टोबाट फुड कुपन, ५ जनाले ब्यन्जन रेष्टोबाट फुड कुपन, १ जनालाइ आकाशमा अल्ट्रा फ्लाईट, बगैंचामा ५ जना लाइ सौना/स्टिम, बरदानको तर्फबाट २ जना लाई स्पेसल गिफ्ट ह्याम्पर त्यस्तै सामानहरुमा छुटको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ।
चाडपर्बहरु सकिएपनि उत्सव अझै सकिएको छैन भन्ने उद्देश्यका साथ सो अफर ल्याइएको बरदानका कार्यकारी प्रमुख सन्जिव पौडेलले जानकारी दिए ।
हरेक महिना हुने छ उत्सव भन्दै सो थस्डे सेलले ग्राहकमा खुसि ल्याउने सो अफर ल्याइएको पौडेलले बताए ।
उक्त सेल २४ घण्टाको लागि मात्र हुनेछ । उपभोक्ताले बरदानको आधिकारिक वेबसाइट (BardanStore.com) मा आफूले चाहेको सामान अर्डर गर्न सक्नेछन । साथै 9802841122 मा फोन गरेर पनि अर्डर टिपाउन सकिने बताईएको छ।
ग्राहकलाई अझै सजिलो होस् भनेर वरदानको आफ्नै मोबाइल एप पनि छिट्टै सार्वजनिक गरिने निर्देशक वैभव पौडेलले बताए ।

प्रकाशित: २४ मंसिर २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...