मेरो शेयरको मोबाइल एपबाटै साधारण शेयरमा आवेदन गर्न सकिने सुबिधा आउँदै

  • Technology Khabar | २४ मंसिर २०७७, बुधबार
मेरो शेयरको मोबाइल एपबाटै साधारण शेयरमा आवेदन गर्न सकिने सुबिधा आउँदै

काठमाडौं ।

केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी)को आधिकारीक एप मेरो शेयरको मोबाइल एपबाट पनि साधारण शेयरमा आवेदन गर्न सकिने फिचर थप गर्ने भएको छ।

सिडिएससीका अनुसार प्रभु लाइफ इन्स्योरेन्सको साधारण शेयरमा नै लगानीकर्ताले मोबाइल एपबाट आवेदन गर्न मिल्ने गरि तयारी भईरहेको छ ।

प्रभु लाइफ इन्स्योरेन्सले मंसिर २९ गतेदेखि सर्वसाधारणमा शेयर निष्काशन गर्दैछ ।

हाल एपमा आईपीओ आवेदन गर्ने फिचरको परीक्षण भईरहेको र यो फिचर केहि दिनमा नै एपमा थप गरिने बताईएको छ।

अहिले सिडिएससीले बीटा भर्सनको मेरो शेयर एप गूगल प्लेमा मात्र लञ्च गरेको छ । एप लञ्च गरेको छोटो समयमा नै १ लाखभन्दा बढी डाउनलोड भइसकेको छ ।

यस अघि आईपीओ आवेदन गर्न नमिल्ने गरि एप लञ्च गरिएको थियो ।

प्रकाशित: २४ मंसिर २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...