नोर्टनलाइफलकले जर्मन साइबर सेक्यूरिटी फर्म ‘अभिरा’ किन्यो

  • Technology Khabar | २३ मंसिर २०७७, मंगलवार
नोर्टनलाइफलकले जर्मन साइबर सेक्यूरिटी फर्म ‘अभिरा’ किन्यो

काठमाडौं ।

अमेरिकी साइबर सेक्यूरिटी फर्म नोर्टनलाइफलक (NortonLifeLock)ले जर्मन साइबर सेक्यूरिटी फर्म अभिरा (Avira) लाई खरिद गरेको छ ।

नोर्टनले आज एक प्रेस विज्ञप्तिमार्फत अभिरालाई ३६० मिलियन डलरमा किनेको जानकारी दिएको छ।

अभिराले निशुल्क एन्टिभाइरसहरु ग्राहकहरुलाई उपलब्ध गराउने गरेको छ भने केहि महत्वपूर्ण टेक कम्पनीहरुलाई सशुल्क सेवा दिँदै आएको छ ।

अभिरालाई वर्षको सुरुमा खरिद गरिएको थियो र हाल यसलाई नोर्टनले करिब दोब्बर मूल्यमा किनेको हो ।

‘अभिरालाई नोर्टन परिवारमा स्वागत गर्न पाउँदा म खुशी छु,” नोर्टन लाइफलकका सीईओ, विन्सेंट पाइलेटले भने, ‘हामी सबैको लागि साइबर सुरक्षा ल्याउने प्रयास गर्दछौं, र अभिरा हासिल गर्दा हाम्रो पोर्टफोलियोमा बढ्दो व्यापार थप गर्दछ, हाम्रो अन्तर्राष्ट्रिय विकासलाई गति दिन्छ र अग्रणी फ्रीमियम समाधानको साथ हाम्रो बजार-बजार मोडललाई विस्तार गर्दछ। हामी ग्राहकहरुलाई नवीन उत्पादनहरु वितरणमा ध्यान दिनेछौं र हामी सधैं ‘कस्टमर-फस्ट’ विचार गर्छौं। हामी अभिराका साथ सुरु हुन कुर्दैनौं।’

यसअघि गत मार्चमा अभिरालाई इन्भेस्टकर्प टेक्नोलोजीले १८० मिलियन डलरमा किनेको घोषणा गरेको थियो ।

हालको खरिद कार्य चौथो त्रैमासमा मात्र सकिनेछ भने अभिराका सिईओ ट्राभिस ह्वाइटबिन तथा सिटिओले त्यसपछि नोर्टनलाइफ लकको नेतृत्वदायी टिममा सहभागी हुनेछन् । एजेन्सी

प्रकाशित: २३ मंसिर २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...