भारतीय टेलिकम कम्पनी जियोले गुगलसँग मिलेर फोरजी स्मार्टफोन लन्च गर्ने

  • Technology Khabar | २१ मंसिर २०७७, आईतवार
भारतीय टेलिकम कम्पनी जियोले गुगलसँग मिलेर फोरजी स्मार्टफोन लन्च गर्ने

काठमाडौं ।

भारतीय टेलिकम कम्पनी रिलायन्स जियोले चाँडै सस्तो स्मार्टफोन लन्च गर्न सक्छ। अनलाइन रिपोर्टका अनुसार कम्पनीले गुगलसँग मिलेर सस्तो फोरजी स्मार्टफोन ल्याउन तयारी गरिरहेको छ।

यो स्मार्टफोन २०२१ मा सुरू हुने आशा गरिएको छ। यो स्मार्टफोनको बारेमा अधिक जानकारी कम्पनीले अहिलेसम्म दिएका छैनन्।

रिपोर्टका अनुसार यस फोनको प्रारम्भिक मूल्य भारु ६ हजार भन्दा कम हुने बताइएको छ। यद्यपि यसको मूल्य अझै थाहा छैन। यो स्मार्टफोन हाल परीक्षणको क्रममा रहेको छ।

यो फोन बजारमा आउन कम्तिमा तीन महिना लाग्न सक्दछ। जियोले अन्य स्मार्टफोन कम्पनीहरूलाई सस्तो स्मार्टफोनहरू सुरू गरेर कडा प्रतिस्पर्धा गर्न सक्छ।

सन् २०१७ मा जियोले १५०० भारुमा विश्वको पहिलो ४जी फिचर फोन जियो फोन सुरुवात गरेको थियो। कम्पनीले जियो फोन जस्तै नयाँ स्मार्टफोन पनि ल्याउने विश्वास गरिएको छ। जियोले ३ वर्षको अवधिमा ७ करोड भन्दा बढी स्मार्टफोन बिक्री गरेको छ। एजेन्सी

प्रकाशित: २१ मंसिर २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार