Technology Khabar २० मंसिर २०७७, शनिबार
काठमाडौं ।
लक्ष्मी प्रिमियम मोटर्स प्रा.लि, लक्ष्मी ग्रुप नेपालको अन्तर्गतले नेपालमै पहिलो पटक बिएमडब्लूको डिलरशिप ल्याएको छ।
लक्ष्मी प्रिमियम मोटर्स यहाँलाई बिएमडब्लू मोटर्सको अफिसियल लन्चको अभिन्न अंग बन्न र नेपालमा पहिलो पटक अत्याधुनिक बिएमडब्लू को डिलरशिप अनावरण गर्नको लागि हार्दिक आमन्त्रण गर्दछ ।
कम्पनीले अफिसियल फेसबुक पेज र युट्युब च्यानलमा यही मंसिर २२ गते बिहान ११ बजेदेखि हुने भर्चुअल इभेन्ट आयोजना गर्ने भएको छ।
प्रकाशित: २० मंसिर २०७७, शनिबार