
काठमाडौं ।
वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले मानवसेवा आश्रममा आश्रित ११ सय लक्ष्मीनारायणहरुलाई न्यायो कपडा उपलब्ध गराएको छ ।
यहि मंसिर १८ गते वर्ल्डलिंक कम्युनिकेशन्सका निर्देशक द्धय मनोज अग्रवाल र विजय जालानले मानवसेवा आश्रम भक्तपुर शाखामा पुगेर आश्रमका आश्रित लक्ष्मीनारायणहरुको लागि ११ लाख मुल्य बराबरको न्यानो कपडा वितरण गरेका हुन् ।
कपडा बुटवलस्थित गार्मेन्ट फ्याक्ट्रिमा तयार गरिएको हो ।
हाल मानवसेवा आश्रमको २० सेवा केन्द्रहरुमा वर्ल्डलिंकले हाईस्पिड ईन्टरनेट निशुल्क उपलब्ध गराउँदै आइरहेको छ भने मानवसेवा आश्रम भक्तपुर शाखाको सुरुवातमा लाग्ने सम्पुर्ण खर्च (दश लाख रुपैयाँ) समेत उपलब्ध गराएको थियो ।
प्रकाशित: १९ मंसिर २०७७, शुक्रबार