
काठमाडौं ।
टेक जायन्ट गुगलले २०२० को लागि सर्वश्रेष्ठ मोबाइल एप र सर्वश्रेष्ठ गेम्स एपको सूची जारी गरेको छ।
प्रत्येक वर्ष गुगलले आफ्नो प्ले स्टोरमा एपहरूको प्रदर्शन र डाउनलोडको आधारमा यो सूची जारी गर्ने गर्दछ।
गुगलले तीन श्रेणीमा सूची जारी गरेको छ, जसमा सर्वश्रेष्ठ एप्स, गेम्स अफ द ईयर र च्वाइस अवार्ड २०२० सहित रहेका छन् ।
गुगलको तर्फबाट जारी सूचीअनुसार लुना: बेड टाइम काल्म एण्ड रिल्याक्स (Loóna: Bedtime Calm & Relax) लाई वर्षको उत्कृष्ट एपको अवार्ड दिईएको छ ।
त्यसैगरि जेनशिन इम्प्याक्ट (Genshin Impact) लाई सन् २०२० को उत्कृष्ट गेम एपको अवार्ड दिईएको छ ।
त्यसैगरि, गुगलले डिज्नेप्लसलाई यूजर च्वाईस अवार्ड प्रदान गरेको छ।
गुगलले यूजर च्वाइस मूभी अफ २०२० अवार्ड भने ब्याड ब्वाइज फर लाइफ मुभीलाई प्रदान गरेको छ । यूजर च्वाइस गेम अफ २०२० अवार्ड स्पन्जबबः क्रस्टी कुक अफ (Spongebob: Krusty Cook-Off) ले पाएको छ ।
गुगलकाअनुसार यी एपहरुले पनि विभिन्न अवार्ड हात पारेका छन् ।
प्रकाशित: १९ मंसिर २०७७, शुक्रबार