अनलाइनमार्फत वस्तु वा सेवा आयात गरेमा नेपालबाटै भुक्तानी गर्ने सुबिधा ल्याउँदै राष्ट्र बैंक

  • Technology Khabar | १९ मंसिर २०७७, शुक्रबार
अनलाइनमार्फत वस्तु वा सेवा आयात गरेमा नेपालबाटै भुक्तानी गर्ने सुबिधा ल्याउँदै राष्ट्र बैंक

काठमाडौं ।

अब नेपालबाटै अनलाइनमा सेवा तथा वस्तु खरिद गरेर भुक्तानी गर्न सकिने व्यवस्था आउने भएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा विदेशमार्फत अनलाइनमा वस्तु तथा सेवा गरिद गरेर निश्चित रकमसम्म भुक्तानी गर्न सकिने व्यवस्था मिलाउने जनाएको छ ।

मौद्रिक नीतिको समीक्षा प्रतिवेदनमा अनलाइनमार्फत निश्चित रकमसम्म विदेशी वस्तु तथा सेवा आयात गरी सोको भुक्तानी गर्न विदेशी मुद्रामा सटही सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने उल्लेख छ।

बैंकले अन्तर्राष्ट्रिय डिजिटल भुक्तानीको विषयलाई समेटेको हो, जसअनुसार आगामी दिनमा नेटफ्लिक्सको सेवा लिएबापत वा अमेजनमार्फत कुनै वस्त खरिद गरेको बेलामा नेपालबाटै भुक्तानी गर्न सकिनेछ।

यसअघि नै एक कार्यक्रममा राष्ट्र बैंकका गर्भनर डा महाप्रसाद अधिकारीले ५०० डलरसम्मको भुक्तानी सुबिधा दिनसकिने बारेमा छलफल भईरहेको जानकारी दिएका थिए ।

हाल यस्तो अनलाइन भुक्तानी हुण्डी मार्फत वा विदेशमा रहेका अन्य तेस्रो पक्षमार्फत हुँदै आएको छ ।

प्रकाशित: १९ मंसिर २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...