चीनमा ससक्तरुपमा आर्टिफिशियल इन्टेलिजेन्सको प्रयोग, सन् २०२४सम्म अर्बौंको एआई बजार हुने

  • Technology Khabar | १९ मंसिर २०७७, शुक्रबार
चीनमा ससक्तरुपमा आर्टिफिशियल इन्टेलिजेन्सको प्रयोग, सन् २०२४सम्म अर्बौंको एआई बजार हुने
एआईमार्फत् बनाइएको फाइल तस्बिर

काठमाडौं ।

टेक्नोलोजीमा चीन धेरै अगाडि छ, यो सबैलाई राम्रोसँग थाहा छ। फेसियल रिकोग्निशन लगायतका कृत्रिम बुद्धिमत्ता अर्थात आर्टिफिशियल इन्टेलिजेन्स(एआई ), चिनियाँ जनताको जीवनको एक हिस्सा भएको छ।

केहिपनि खरिदको बेलामा फेसियल रिकोग्निशनमार्फत भुक्तान गर्न सकिन्छ भने यात्रामा जाँदा तपाईं रेलमा चढ्न सक्नुहुन्छ, मोबाइल फोन अनलक गर्न सकिन्छ। आजकल यो व्यापक रूपमा प्रयोग भइरहेको छ।

फेसियल रिकोग्निशन अर्थात अनुहारको पहिचानबाट शरीरको तापक्रम लिने उपकरणहरू व्यापक रूपमा कोविड १९ महामारीको रोकथामको लागि प्रयोग गरियो, यसले तापक्रम लिने कार्यक्षमतामा ठूलो सुधार ल्यायो। यस बाहेक यसमा आर्टिफिशियल इन्टेलिजेन्स सम्बन्धी व्यवसाय छिटो बढिरहेको छ, जुन आविष्कारको समेत नयाँ क्षेत्र भएको छ।

चिनियाँ राष्ट्रपति सी जिनफिङ्गले भने कि नयाँ पुस्ताको आर्टिफिशियल इन्टेलिजेन्स विश्वभरि विकास हुँदैछ, जसले आर्थिक र सामाजिक विकासमा नयाँ आशा जगाएको छ। आर्टिफिशियल इन्टेलिजेन्सले हाम्रो उत्पादन र जीवनशैली परिवर्तन गर्दछ। तथ्याङ्कका अनुसार, अब चीनमा फेसियल रिकोग्निशनसँग सम्बन्धित उद्यमहरूको संख्या १० हजार भन्दा बढी छ। अनुमान गरिएको छ कि सन् २०२४ सम्ममा यसको बजार १० अरब युआन (लगभग १६० अरब रुपैयाँ) भन्दा बढी हुनेछ।

व्यक्तिगत डाटाको सुरक्षा सुनिश्चित गर्न फेसियल रिकोग्निशनको राष्ट्रिय मापदण्ड सिर्जना गर्ने काम २०१९ को अन्त्यमा नै शुरू भएको छ। हालैका वर्षहरूमा चीनले व्यक्तिगत जानकारीको सुरक्षामा जोड दिँदै आएको छ। इन्टर्नेट सुरक्षा कानून, ई-वाणिज्य कानून र नागरिक कानून कोड आदि निजी जानकारीको सुरक्षामा पनि स्पष्ट नियम बनाएको छ। फेसियल रिकोग्निशनको प्राविधिले अझ राम्रोसँग समाजलाई फाइदा दिन सक्ने उद्देश्य लिएकोछ।

आज डिजिटल अर्थव्यवस्था द्रुत रूपमा विकास भइरहेको छ, आर्टिफिशियल इन्टेलिजेन्स व्यापक रूपमा प्रयोग भइरहेको छ। फाइभजी र औद्योगिक इन्टरनेटको मिश्रणले डिजिटल चीन र बुद्धिमान समाजको निर्माणलाई गति दिनेछ, जसले चीनको आर्थिक विकासमा नयाँ आशा पैदा गर्नेछ र विश्वको आर्थिक विकासको लागि थप अवसरहरू सिर्जना गर्दछ। एजेन्सी

प्रकाशित: १९ मंसिर २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया