ग्लोबल आइएमईले मुसिकोट तथा आठबिसकोटमा सहुलियतपूर्ण कर्जा दिनेबारे सम्झौता

  • Technology Khabar | १८ मंसिर २०७७, बिहीबार
ग्लोबल आइएमईले मुसिकोट तथा आठबिसकोटमा सहुलियतपूर्ण कर्जा दिनेबारे सम्झौता

काठमाडौं ।

ग्लोबल आइएमई बैंक लिमिटेड र मुसिकोट तथा आठबिसकोट नगरपालिका (पश्चिम रुकुम) बीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता भएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र मुसिकोट नगरपालिकाका प्रमुख देविलाल गौतम तथा आठबिसकोट नगरपालिकाका प्रमुख गोरखबहादुर केसीका बीच छुट्टा छुट्टै रुपमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

नगरपालिकाले उद्यम व्यवसाय गर्न इच्छुक समूहलाई परामर्श तथा उद्यमशीलता सम्बन्धी तालिम दिनेछ।

तालिम पाएका किसान वा व्यवसायीको समूह बनाएर कर्जाका लागि बैंकमा सिफारिस गर्ने बताईएको छ।

प्रकाशित: १८ मंसिर २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...