
काठमाडौं ।
भारतीय मोबाइल गेम फौजी(FAU-G)ले भारतीयहरुको माझमा राम्रो प्रतिक्रिया पाइरहेको देखिन्छ। भारत मल्टि प्लेयर गेममा आधारित रहेर निर्मित फौजी मात्र २४ घण्टामा गूगल प्ले स्टोरमा १० लाख प्रि-रजिष्ट्रेसन पार गरेको छ।
फौजी गेम विकास गर्ने कम्पनी एनकोर गेम्सले यो जानकारी दिएको छ।
यो खेल को गूगल प्ले स्टोरमा मा प्रि रजिष्ट्रेसनको केवल तीन मात्र भएको छ।
भारतीय गेम फौजीले आगामी दिनमा भारतमा पुन आउन लागेको चर्चित मोबाइल जेम पबजी मोबाइल प्रतिस्पर्धा गर्नेछ। नोभेम्बर ३० मा गूगल प्ले स्टोरमा राखिएको यो गेम सोहि दिनदेखि प्रि-रजिष्ट्रेसन भइरहेको छ । यद्यपि कम्पनीले फौजीको लन्चिंग डेट अझै सार्वजनिक गरेको छैन् ।
एन्कोरेरले हालै ट्वीट गरेर यो भारतमा गुगल प्ले स्टोरमा २४ घण्टामा गरिएको सबैभन्दा ठूलो प्रि-रजिष्ट्रेसन भएको दाबी गरेको छ। यसअघि फौजी गेम यस वर्षको अक्टोबरमा लन्च हुनुपर्ने थियो तर नोभेम्बरको अन्तमा मात्रै यो प्ले स्टोरमा लाइभ बनाइएको थियो।
एनकोरका सह-संस्थापक विशाल गोंडालले भनेका छन कि यो गेमले पबजी गेमलाई प्रतिस्थापन गर्दछ र स्थानीय र वैश्विक स्तरमा पबजी जस्तै लोकप्रिय हुनेछ। यस खेलबाट २० प्रतिशत आम्दानी वीर ट्रस्ट अफ इंडियामा जाने बताईएको छ । एजेन्सी
प्रकाशित: १८ मंसिर २०७७, बिहीबार