ताप्लेजुङमा सूचना प्रविधि प्रयोगशालाको सुभारम्भ

  • Technology Khabar | १८ मंसिर २०७७, बिहीबार
ताप्लेजुङमा सूचना प्रविधि प्रयोगशालाको सुभारम्भ
सांकेतिक तस्विर

काठमाडौं ।

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालय हाङ्पाङमा सूचना प्रविधि प्रयोगशाला (आईसीटी ल्याब) को सुरुवात गरिएको छ ।

ल्याबको सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश १ संसदीय दलका उपनेता टङ्क आङ्बुहाङले शुभारम्भ गरे। ताप्लेजुङ १ ‘ख’ बाट निर्वाचित प्रदेश सभा सदस्य आङ्बुहाङले ल्याबको शुभारम्भ (उद्घाटन) गर्नुहुँदै अहिलेको समय सूचना र प्रविधिको भएकाले यसले सहयोग पुग्ने विश्वास व्यक्त गरे । गाउँगाउँका विद्यालयमा आईसीटी ल्याब सञ्चालनले ग्रामीण क्षेत्रका विद्यार्थीलाई सूचना प्रविधिको ज्ञान, सीप हासिल गर्ने अवसर मिलेको पनि उनले बताए।

सङ्घीय सरकारको करिब १५ लाख रुपियाँ बराबरको बजेट सहयोगबाट सरस्वती माध्यमिक विद्यालयमा आईसीटी ल्याब स्थापना गरिएको प्रधानाध्यापक लक्ष्मीप्रसाद पोख्रेलले बताए।

प्रधानाध्यापक पोख्रेलका अनुसार प्रयोगशालाका लागि २४ थान कम्प्युटर, ब्याट्री, इन्भर्टर लगायतका उपकरण तथा अन्य सामग्री जडान गरिएको छ ।

यसअघि शिवा माध्यमिक विद्यालय लिङ्खिम, नारायणी माध्यमिक विद्यालय साघुमा पनि औपचारिक रूपमा प्रयोगशाला सञ्चालनमा ल्याइएको छ। आजको गोरखापत्रबाट

प्रकाशित: १८ मंसिर २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार