माइक्रोम्याक्सले हाई रिफ्रेश रेट र लिक्विड कुलिङ्ग टेक्नोलोजी भएका स्मार्टफोनमा काम गर्दै

  • Technology Khabar | १८ मंसिर २०७७, बिहीबार
माइक्रोम्याक्सले हाई रिफ्रेश रेट र लिक्विड कुलिङ्ग टेक्नोलोजी भएका स्मार्टफोनमा काम गर्दै

काठमाडौं ।

भारतीय मोबाइल फोन कम्पनी माइक्रोम्याक्सले हाई रिफ्रेश रेट र लिक्विड कुलिङ्ग टेक्नोलोजीका साथ इन सिरिजका स्मार्टफोनमा काम गर्दैछ। यो जानकारी युट्यूबमा आयोजित भर्चुअल सेशनमा माइक्रोम्याक्स सह-संस्थापक राहुल शर्माले दिएका हुन्।

केहि समयअघि मात्रै माइक्रोम्याक्स भारतीय बजारमा कमब्याक गरेको हो । भारत-चीन सीमा विवादका बिच राष्ट्रियताको मामलालाई कम्पनीले क्यास गर्न खोजिरहेको छ ।

माइक्रोम्याक्सका यी फोनमा ६जीबी र्याम राख्न सकिने बताईएकोछ। इन सिरिजका स्मार्टफोनहरू भारतमा अफलाइनसमेत बिक्री हुनेछन्।

राहुलले भने कि ६जीबी र्याम बाहेक लिक्विड कुलिङ्ग र उच्च रिफ्रेस रेट जस्ता सुविधाहरू ईन सिरीज फोनमा दिन सकिनेछ।

यसका साथै उनले माइक्रोम्याक्सले नोट १ का साथमा ब्याक कभर पनि प्रदान गरिरहेको जानकारी दिएका छन्। कम्पनीले यसअघि नै नोट १ स्मार्टफोनहरू खरिद गरेका ग्राहकहरूलाई पनि ब्याक कभर उपलब्ध गराउने बताए।

हाल फ्लिपकार्ट र कम्पनीको आधिकारीक वेबसाइटमा मात्र किन्न सकिने माइक्रोम्याक्सका फोनहरु आगामी दिनमा कम्पनीले रिटेलहरुबाट पनि भारतीय बजारमा उपलब्ध गराउने जानकारी दिएको छ । एजेन्सी

प्रकाशित: १८ मंसिर २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...