नोकिया ल्यापटप बजारमा प्रवेश गर्दै, विण्डोज १० मा आधारित नौ वटा मोडल ल्याउँदै

  • Technology Khabar | १६ मंसिर २०७७, मंगलवार
नोकिया ल्यापटप बजारमा प्रवेश गर्दै, विण्डोज १० मा आधारित नौ वटा मोडल ल्याउँदै

काठमाडौं ।

स्मार्टफोन र टिभीपछि, अब नोकिया ल्यापटप सेगमेन्टमा प्रवेश गर्ने तयारी गर्दैछ। रिपोर्टका अनुसार नोकिया ल्यापटप श्रृंखलामा काम गरिरहेको छ।

यद्यपि कम्पनीको तर्फबाट कुनै आधिकारिक पुष्टि गरिएको छैन, तर ब्यूरो अफ इंडियन स्ट्याडर्ड (बीआईएस) को साइटमा देखा पर्ने केही प्रमाणपत्रहरूले नोकिया ल्यापटपको संकेत दिएका छन्।

यो ल्यापटप भारतमा सबैभन्दा पहिले प्रक्षेपण हुने अपेक्षा गरिएको छ र यी ल्यापटपका लागि केही प्रमाणीकरण भारतीय मानक निकायबाट दिइनेछ।

यद्यपि नोकिया ल्यापटप चीनको पूर्वी-मध्य तटीय प्रान्त जियान्सूमा रहेको चिनियाँ फ्यासिलिटीमा बनेको देखिन्छ। नोकियाले ल्यापटप मार्केटमा गत अगस्ट २००९ मा नोकिया बुकलेट थ्रीजीको प्रक्षेपणको साथ भाग्य परिक्षण गरेको थियो। यद्यपि नयाँ ल्यापटपहरू नोकिया ब्रान्ड लाइसेन्सबाट आएका छन् न कि फिनिश कम्पनीबाट।

नोकियाका करीव ९ मोडलहरूले प्रमाणपत्र प्राप्त गरेका छन् । टिपस्टर मुकुल शर्माले बीआईएस साइटमा नोकिया ल्यापटपहरूको सूची देखेका छन्। शर्माले साझेदारी गरेको विवरणका अनुसार कम्तिमा नौ वटा फरक/फरक मोडलहरूले प्रमाणीकरण निकायबाट प्रमाणपत्र प्राप्त गरेका छन्।

यी ल्यापटपहरुमा NKi510UL82S, NKi510UL85S, NKi510UL165S, NKi510UL810S, NKi510UL1610S, NKi310UL4241, NKi310UL42S, NKi310UL42S, NKi310UL82S र NKi310UL82S रहेका छन् ।

यसमा रहेका मोडल नम्बरहरूमा पहिलो दुई अक्षर ‘एनके’ देखा पर्दछ जसले केवल नोकिया ब्रान्डिङ्गलाई सुझाव गर्न सक्छ, जबकि अन्य अंकले प्रोसेसरहरूको विवरण वर्णन गर्न सक्दछ। मोडेल नम्बरहरूले विन्डोज १० को उपस्थितिको संकेत पनि दिन्छ।

यी उत्पादनहरू ‘ल्यापटप/नोटबुक/ट्याब्लेट’ को रूपमा सूचीबद्ध छन् र २६ नोभेम्बरमा भारतीय संस्थाबाट प्रमाणीकरण भएका हुन् ।

नोकियाका ल्यापटपहरु सबैभन्दा पहिले भारतीय बजारमा लन्च हुने अपेक्षा गरिएको छ जसलाई नोकियाको लाइसेन्स लिएको कम्पनीले ल्याउने छ । अहिलेपनि भारतीय बजारमा नोकियाका स्मार्टटिभीहरु इकमर्स कम्पनी फ्लिपकार्टले बिक्री गरिरहेको छ । एजेन्सी

प्रकाशित: १६ मंसिर २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...