बिना बिल र कागजातका ८५ थान मोबाइलसहित एक पसले पक्राउ

  • Technology Khabar | १६ मंसिर २०७७, मंगलवार
बिना बिल र कागजातका ८५ थान मोबाइलसहित एक पसले पक्राउ

काठमाडौं ।

नेपाल प्रहरीले शंकास्पद र अबैध मोबाइलसहित एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौंमा बिना बिल र कागजातका ८५ थान मोबाइलसहित एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२२ पाकोस्थित आई क्यान्डी मोबाइल पसलधनी समिर प्रधान रहेका छन् ।

अवैध तथा चोरी गरी ल्याइएका मोबाइल बिक्री भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उक्त पसल तलासी गर्दा ती मोबाइल फेला पारी प्रधानलाई पक्राउ गरेको हो ।

प्रकाशित: १६ मंसिर २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...