टिकटकको बढ्दो क्रेजः प्रधानमन्त्री ओली सहित नेताहरु टिकटक एकाउन्ट खोल्दै

  • Technology Khabar | १६ मंसिर २०७७, मंगलवार
टिकटकको बढ्दो क्रेजः प्रधानमन्त्री ओली सहित नेताहरु टिकटक एकाउन्ट खोल्दै

काठमाडौं ।

लकडाउन र त्यसपछिका दिनमा नेपालमा भिडियो शेयरिङ एप टिकटकको क्रेज बढिरहेको भएपनि हाई प्रोफाईल र राजनितीक नेताहरुले भने टिकटक प्रयोग गरेका थिएनन् तर अहिले भने हाई प्रोफाईल व्यक्तिहरुले समेत टिकटक चलाउन थालेका छन् ।

हालै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आधिकारीक टिकटक एकाउन्ट खोलेका छन भने अर्का नेता कमल थापाले समेत टिकटक एकाउन्ट तयार पारेका छन् ।

प्रधानमन्त्री ओलीले लोकप्रिय भिडियो शेयरिङ एप टिकटक मा खाता खोलेका छन्। प्रधानमन्त्रीको @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो। उनको खाता भेरिफाइडसमेत भएको छ।

उनले टिकटकमा राखेको भिडियोलाई अहिलेसम्म एक लाख ६९ हजारभन्दा धेरैले हेरेका छन्। त्यो भिडियोलाई १२ हजार जनाले लाइक गर्दा दुई सयभन्दा बढी शेयर गरिएको छ। उनको खातालाई अहिलेसम्म दुई हजार दुई सयभन्दा बढीले फलो गरेका छन्।

त्यसैगरि कमल थापाले खोलेको टिकटक एकाउन्टको बारेमा अन्य सामाजिक सञ्जालहरुमा प्रचार गरिरहेका छन् ।

उनको फलोअर भने ६०३ जना रहेका छन र हालसम्म उनले टिकटकमा३ वटा भिडियोहरु राखेका छन् ।

प्रकाशित: १६ मंसिर २०७७, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...