कतारले नेपाल सरकारलाई मर्सिडिज बेन्ज इ१८० सिरिजका तीन वटा कार दिने

  • Technology Khabar | १४ मंसिर २०७७, आईतवार
कतारले नेपाल सरकारलाई मर्सिडिज बेन्ज इ१८० सिरिजका तीन वटा कार दिने

काठमाडौं ।

कतार सरकारले नेपाल सरकारलाई ३ वटा मर्सिडिज बेन्ज कार उपहारमा दिने भएको छ ।

कतार सरकारले दिने ३ वटा उच्च सुविधायुक्त मर्सिडिज बेन्ज इ१८० सिरिजका ३ वटा कार नेपाल सरकारले स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

कतार सरकारले परराष्ट्र मन्त्रालयमार्फत दिने यी कारहरु नेपाल सरकारले भने सरकारी प्रयोजनको लागि उपयोग गर्नेछ ।

कतारले यसअघि पनि ६ वटा मर्सिडिज कार नेपाललाई उपहार दिएको थियो ।

प्रकाशित: १४ मंसिर २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...