
काठमाडौं ।
मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटाले पछिल्लो ३ महिनाको तुलनामा १२ वटा फोरजी बिटिएस टावर थप्न सफल भएको छ।
कम्पनीले फोरजी सेवा बिस्तारको क्रममा पछिल्लो ३ महिनामा देशभर १२ वटा नयाँ टावर थप गरेको हो । तर थ्रीजीतर्फ भने कम्पनीले निकै कम मात्र टावर थपेको छ ।
एनसेल आजियाटाको मुख्य लगानीकर्ता कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०२० को तेस्रे त्रैमासको वित्तीय बिबरणअनुसार कम्पनीसँग हाल थ्रीजी सेवाकोलागि ३ हजार २२१ वटा बिटिएस टावर छ भने फोरजी सेवाको लागि ३ हजार ३ सय २६ वटा टावर रहेको छ ।
कम्पनीकाअनुसार दोस्रो त्रैमासको तुलनामा ४जी टावर १२ वटा थपिएको छ भने थ्रीजी टावर केबल २ वटा मात्र थप गरेको छ ।
त्यसैगरि कम्पनीको बिबरणअनुसार स्मार्टफोन पेनेट्रेशन ६४ प्रतिशत रहेको देखाएको छ ।
प्रकाशित: १४ मंसिर २०७७, आईतवार