
काठमाडौं ।
सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रसँग सम्बन्धित विज्ञ तथा उद्योगहरुको विवरण संकलन गरी सरकारले ‘आइसिटी रोष्टर’ निर्माण गर्ने भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रवर्द्धन लागि प्राज्ञिक संस्था र निजी क्षेत्रसँग सहकार्य गर्दै आएको भन्दै भविश्यमा आइसिटी रोष्टर निर्माण गर्ने योजना रहेको जानकारी दिएको छ ।
मन्त्रालयले सूचनामा भनेको छ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रवर्द्धन लागि प्राज्ञिक संस्था र निजी क्षेत्रसँग सहकार्य गर्दैं आएको छ । यस सहकार्यलाई भविष्यमा सहजिकरण गर्नका लागि आइसिटी रोष्टर निर्माण गर्ने मन्त्रालयको योजना रहेको छ ।
सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्ति तथा निकायहरुलाई आइसिटी रोष्टरका लागि विवरण भर्न अनुरोध गरेको छ ।
यदि तपाँईपनि सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा योगदान दिईरहनुभएको छ वा कुनै व्यक्ति वा उद्योगले योगदान गरेको छ भने मन्त्रालयको यस लिंकमा क्लिक गरी आफ्नो विवरण भर्न सक्नुहुनेछ ।
प्रकाशित: १४ मंसिर २०७७, आईतवार