मुक्तिनाथ विकास बैंकद्धारा अनलाइन कर्जा आवेदन सेवा शुरु

  • Technology Khabar | १२ मंसिर २०७७, शुक्रबार
मुक्तिनाथ विकास बैंकद्धारा अनलाइन कर्जा आवेदन सेवा शुरु

काठमाडौं ।

मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको समयको महत्वलाई ध्यानमा राखि र कोरोनाको महामारीको विषम परिस्थितीमा डिजिटल प्रणालीको प्रोत्साहन गर्ने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकलाई थप प्रविधिमैत्री बनाउने क्रममा बैंकले आफ्नो वेबसाइटकबाट सिधै विभिन्न कर्जाका लागि आवेदन दिन सक्ने साथै कर्जा स्वीकृतिका लागी आवश्यक पर्ने कागजात समेत अनलाइन मार्फत नै ग्राहकहरुले प्रस्तुत गर्नसक्ने सुविधा उपलब्ध गराएको हो ।

यस प्रणाली मार्फत ग्राहकले आफुलाई सहज पर्ने कुनै पनि शाखा अनलाइनमै छनोट गरी कर्जा आवेदन दिन सक् छन् । भने सम्पूर्ण कागजात प्रस्तुत गरिएको ७ कार्य दिन भित्रनै कर्जा स्वीकृति गरिने छ ।

बैंकले नयाँ प्रविधिलाई आत्मसाथ गर्नुका साथै बैंकमा कार्यरत कर्मचारी र ग्राहकवर्गको स्वास्थ्य तथा सुरक्षालाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित: १२ मंसिर २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार