टिकटक बिक्री गर्न बाइटडान्सलाई थप ७ दिन अमेरिकी सरकारको म्याद

  • Technology Khabar | ११ मंसिर २०७७, बिहीबार
टिकटक बिक्री गर्न बाइटडान्सलाई थप ७ दिन अमेरिकी सरकारको म्याद

काठमाडौं ।

ट्रम्प प्रशासनले बाइटडान्सलाई बुधवार थप सात दिनको म्याद प्रदान गरेको छ, जसअन्तरगत चिनियाँ कम्पनीले आफ्नो छोटो भिडियो साझेदारी एप्लिकेसन टिकटक बेच्न निर्देशन दिएको छ।

अमेरिकी प्रशासनले यसअघि बाइटडान्सलाई अगस्टमा जारी आदेशमा थप १५ दिने म्याद दिएको थियो, जुन यहि शुक्रवार समाप्त हुनेछ। राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको अगस्ट १४ मा बाइटडान्सलाई ९० दिन भित्र एपलाई बिक्री गर्न निर्देशन दिएका थिए।

हाल थप गरिएको अवधिअनुसार नयाँ समय सीमा डिसेम्बर ४ भएको टिकटकले अदालतमा दर्ता गरेको कागजातमा भनेको छ। अमेरिकी सरकारको दवावमा, बाइटडान्स महिनौंदेखि वालमार्ट इंक र ओरेकल कर्पसँगको सम्झौताअन्तरगत टिकटकको अमेरिकी सम्पत्तिलाई नयाँ संस्थामा सार्न कुराकानीमा गरिरहेको छ।

अमेरिकी ट्रेजरी प्रतिनिधिले यो एक्स्टेन्शन भर्खरै प्राप्त गरिएको ‘संशोधित सबमिशन’ को समीक्षा गर्न अनुमतिका लागि दिईएको बताएका छन् । रोयटर्स

प्रकाशित: ११ मंसिर २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार