जेडटिईका उपकरण अमेरिकी क्यारियरमा प्रयोगको प्रतिबन्ध फुकुवा गर्न अस्वीकार

  • Technology Khabar | १० मंसिर २०७७, बुधबार
जेडटिईका उपकरण अमेरिकी क्यारियरमा प्रयोगको प्रतिबन्ध फुकुवा गर्न अस्वीकार

काठमाडौं ।

अमेरिकी संघिय संचार आयोग(एफसीसी) ले जेडटिईलाई राष्ट्रिय सुरक्षा खतरा घोषणा गर्ने अमेरिकी नियामकको निर्णयमाथि पुनर्विचार गर्न अपील गरेको निवेदनलाई अस्विकार गरेको छ।

सो आदेश गत जुन ३० तारिखमा जारी गरिएको थियो जसको अर्थ चिनियाँ टेक कम्पनीले अमेरिकामा युनिभर्सल सेवा कोषबाट अनुदान प्राप्त रकम प्रयोग गर्ने टेलीकम कम्पनीहरूलाई आपूर्ति दिन सक्दैन।

अर्को चिनियाँ टेक जायन्ट ह्वावेको जस्तै जेडटिईलाई पनि सो प्रतिबन्ध लगाईएको थियो ।

यहि डिसेम्बरमा एफसीसीले कसरी अपरेटर्सले चिनियाँ आपूर्तिकर्ताहरूबाट उनीहरूको नेटवर्कमा रहेका अवस्थित उपकरणहरू हटाउनु पर्छ भन्नेमा भोट दिनेछ। यद्यपि कंग्रेसले अझै पनि यसको लागि तोकिएको रकम प्रदान गर्नु आवश्यक छ, जसमा अपरेटरहरूले अनुमानित लागत २ अर्ब अमेरिकी डलर खर्च गर्नुपर्नेछ।

यसमा सहभागी हुने धेरै साना ग्रामीण क्यारियरहरू हुन् जसले प्रमुख नेटवर्क तत्वहरू बदल्नको लागि खर्च गर्न असमर्थ छन् र सरकारको सहयोगको आवश्यक पर्दछ।

जबकि ह्वावे र जेडटिईका उत्पादनहरू संघीय अनुदानित परियोजनाहरूको लागि सम्भव छैन, तर ती अझै पनि निजी लगानीको लागि र उपभोक्ताहरूद्वारा प्रयोग गर्न सकिन्छ।

भर्खरै जेडटीईले आफ्नो ब्लेड ए३वाई स्मार्टफोन भेरीजनको मोबाइल ब्रान्ड भिजिबल र याहू मोबाइलको साथ लन्च गरेको थियो । एजेन्सी

प्रकाशित: १० मंसिर २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...