Technology Khabar १० मंसिर २०७७, बुधबार
काठमाडौं ।
सोशल मिडिया ट्विटरले सार्वजनिक प्रमाणिकरण पुनः सुरु गर्ने घोषणा गरेको छ। कम्पनीले सार्वजनिक प्रमाणिकरणलाई करीव करीव ३ बर्षसम्म बन्द गरेको सेवा अब फेरी शुरु गर्न लागेको हो ।
सन् २०२१ को सुरूदेखि नै मानिसहरूले ट्विटरमा अब ‘ब्लू टिक’को लागि अनुरोध गर्न सक्नेछन्।
माइक्रो-ब्लगिंग वेबसाइट ट्विटरले भनेको छ कि २०२१ को सुरूवातसँगै कम्पनीले आफ्नो प्रमाणिकरण कार्यक्रम पुनः शुरु गर्न लागिरहेको छ। हाल कम्पनीले प्रमाणीकरणको बारेमा सार्वजनिक प्रतिक्रिया लिईरहेको छ, जसको अन्तिम मिति ८ डिसेम्बरसम्म रहेको छ।
ट्विटरले भनेको छ कि कम्पनीले ब्लू टिक बाहेक प्रोफाइल टाइपमा पनि काम गरिरहेको छ। आउँदो समयमा, कुनै पनि प्रकारको ‘लेबल’ वा ‘ब्याज’ व्यक्तिगत तथा अर्को प्रकारको एकाउन्टमा ब्लू टिक बाहेक थप्न सकिनेछ।
ट्विटरले प्रमाणिकरणको लागि मापदण्ड पनि सेट गरेको छ। खाता प्रमाणीकरण अनुरोधकर्ताहरू जसले मापदण्ड पुरा गर्दछन् उनीहरुले अर्को बर्षको शुरुवातदेखि नै एकाउन्ट भेरिफाइको लागि अनुरोध चाँडो सुरू गर्न सक्षम हुनेछन्।
अहिले सम्म कम्पनीले आफैंले मात्रै खाताहरू प्रमाणित गरिरहेको थियो र अनुरोध प्रणाली होल्डमा रहेको छ। तर यस पटक कम्पनीले यो स्पष्ट पनि गरिसकेको छ कि नीति कडा हुनेछ र यदि तपाईं प्रमाणित खाता दिशानिर्देशहरू (भेरिफाइड एकाउन्ट गाइडलाइन) अनुसरण गर्नुहुन्न भने प्रमाणीकरण ब्याज ती खाताहरूबाट हटाउनेछ।
ट्विटरले आफ्नो आधिकारिक ब्लग पोष्टमा यो पनि उल्लेख गरेको छ कि कस्तो प्रकारको एकाउन्टहरू प्रमाणित गर्न सकिन्छ भनेर । यसमा सरकारी एकाउन्ट, कम्पनी एकाउन्टहरू, ब्रान्डको ट्विटर ह्यान्डल, गैर नाफा संगठन, समाचार मिडिया ट्विटर एकाउन्टहरू, मनोरन्जन, खेल, एक्टिभिस्ट लगायत रहेका छन् ।
We're planning to relaunch verification in 2021, but first we want to hear from you.
Help us shape our approach to verification on Twitter by letting us know what you think. Take a look at our draft policy and submit your #VerificationFeedback here: https://t.co/0vmrpVtXGJ
— Support (@Support) November 24, 2020
कम्पनीले यी ब्लू टिकहरू हटाउन नयाँ सर्तहरू समेत थपेको छ। कम्पनीले भनेको छ कि ब्लू टिक निष्क्रिय खाताबाट हटाउन सकिन्छ भने ट्विटर यूजरनेम र बायो परिवर्तन गर्दा पनि ब्लू टिक पनि हटाउन सकिने बताएको छ।
ट्विटर भेरिफिकेसन जून पोष्टका लागि थियो वा जसको लागि थियो, यदि सो नभएको अवस्थामा पनि कम्पनीले ब्लू टिक हटाउन सक्दछ।
कम्पनीले हाल ड्राफ्ट जारी गरेको छ जुन अर्को बर्षबाट लागू हुनेछ।
ट्वीटरले भनेको छ कि हामी २०२१ मा जान लाग्दछौं र यस्तोमा व्यक्तिलाई पहिचान गर्न बढी तरिकाहरू दिईनेछ। उदाहरणको लागी, खाता टाइप्स र लेबल।
कम्पनीले यस बारे अधिक जानकारी आउँदो हप्ताहरुमा साझा गरिने बताएको छ। ट्विटरका अनुसार यो २०२१ योजनाको शुरूवात हो।
यसका साथ, कम्पनीले प्रमाणिकरण नीतिमा व्यक्तिहरूबाट #VerifcationFeedback ट्वीट गरेर राय समेत मागिरहेको छ । यसमा तपाईँले समेत आफ्नो राय दिन सक्नुहुनेछ ।
प्रकाशित: १० मंसिर २०७७, बुधबार