भिभोको बम्पर उपहार जित्न अब केहि दिन मात्र बाँकी

Technology Khabar १० मंसिर २०७७, बुधबार

भिभोको बम्पर उपहार जित्न अब केहि दिन मात्र बाँकी
भीभो नेपालको कार्यालयमा राखिएको कम्पनी ब्राण्ड नाम । फाइल तस्बिर

काठमाडौं ।

चाडपर्वको अवसरमा यहि अक्टोबर ९ देखि भिभोले आयोजना गरिरहेको फेस्टिभल लक्की ड्रका आकर्षक उपहारहरु जित्ने समय अझै केहि दिन बाँकी रहेको छ ।

यस अफरमा हालसम्म १३ हजार भन्दा बढि ग्राहक सहभागी भईसकेका छन् ।

भिभोले हालै सार्वजनिक गरेको भी २० सिरिजका स्मार्टफोनहरु भिभो भी २० र भी २० एसईको खरिदमा अझै पनि यो अफर मान्य रहने कम्पनीले जानकारी दिएको छ।

भिभोको यो स्किममा सहभागी हुँदा लक्की ड्र मार्फत ग्राहकहरुले ४३ इन्चको स्मार्ट टिभी, ईयर बड, पावर बैंङ्क, स्क्रिन रिप्लेसमेन्ट, ईयरफोन जित्नसक्ने छन् ।

यसबाहेक १५ हजार रुपैयाँ भन्दा माथिको प्रत्येक  भिभो फोनको खरिदमा अन्य आकर्षक वित्तीय डिल जस्तै बिना शुल्कको ईएमआई अप्सन, शुन्य रकममा डाउन पेमेन्ट स्किम समेत प्राप्त गर्नसक्ने छन् ।

भिभोको यो स्किममा सहभागी हुन भिभोकै आधिकारिक आउटलेटबाट मात्र स्मार्टफोन खरिद गर्नु पर्नेछ । उक्त स्किम नोभेम्बर ३० देखि अन्त्य हुनेछ।

भिभो नेपालका सिईओ मार्सले यसअघि नै नेपाली ग्राहकहरुले यस अफरअन्तरगत कयौं उपहारहरु जितिसकेको भन्दै बाँकी समयमा मौकाको फाइदा उठाउन भनेका छन् ।

प्रकाशित: १० मंसिर २०७७, बुधबार

तपाइको प्रतिक्रिया