एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि गूगल मेसेजेजमा एन्क्रिप्शन फिचर आउँदै

  • Technology Khabar | ६ मंसिर २०७७, शनिबार
एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि गूगल मेसेजेजमा एन्क्रिप्शन फिचर आउँदै

काठमाडौं ।

इन्ड टु इन्ड एन्क्रिप्शन अब गूगलको मेसेजेज एपमा उपलब्ध हुने भएको। यसको उपलब्धतासँगै एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि धेरै फाइदाजनक हुनेछ।

गूगल मेसेजेज एप स्टक एन्ड्रोइडमा चल्ने स्मार्टफोनमा पूर्वनिर्धारितरुपमा नै उपलब्ध हुने गर्दछ । गूगल मेसेजेजमा एन्क्रिप्शनको सुबिधा आएसँगै अन्य कसैले पनि सन्देशहरु पढ्न सक्दैन्।

गूगल मेसेजेजमा एन्ड टु एन्ड एन्क्रिप्शन पछि गूगलले पनि प्रयोगकर्ताको मेसेजहरू पढ्न सक्दैन्। गूगलको उत्पाद नेतृत्वले यो सुविधाको बारेमा बताएको छ।

गूगल प्रोडक्ट लीडका अनुसार एन्ड टु एन्ड एन्क्रिप्शनले यो सुनिश्चित गर्दछ कि गूगल सहितको कुनै पनि तेस्रो व्यक्तिले तपाईँको फोन र अरु बीचको कुराकानी पढ्न सक्दैन।

गूगलले केहि समयदेखि एसएमएसलाई रिच कम्युनिकेसन्स सर्भिस अर्थात आरसीएसमा अपग्रेड गर्दैछ। यस अन्तर्गत, इमेज र भिडियोहरू पठाउन सजिलो हुनेछ।

इन्ड टु इन्ड एन्क्रिप्शन इन्स्ट्यान्ट मेसेजिङ्ग एपहरू जस्तै ह्वाट्सएप र टेलिग्राममा पनि उपलब्ध रहेको छ। इन्ड टु इन्ड एन्क्रिप्शन प्रयोगकर्ताको लागि लाभदायक हुन्छ।

हाल यो फिचर बीटा चरणमा नै छन् र चाँडै सबै एन्ड्रोइड प्रयोगकर्ताहरूलाई यो अपडेट दिइनेछ।

गूगल मेसेजेज एप गूगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ। यो धेरै नै एन्ड्रोइड स्मार्टफोनमा पहिले नै इन्स्टल छ, तर केहीमा तपाईंले आफैं यसलाई इन्स्टल गर्नुपर्नेछ। एजेन्सी

प्रकाशित: ६ मंसिर २०७७, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ६ मंसिर २०७७, शनिबार