
काठमाडौं ।
टेक्नोलोजी पछिल्लो दिनमा यति विकसित भएको छ कि एक सेकेण्डमा नै तपाईं आफ्नो महत्त्वपूर्ण कागजातहरू वा महत्त्वपूर्ण जानकारी ईमेलमार्फत सेयर गर्न सक्नुहुन्छ।
तर धेरै पटक यस्तो हुन्छ कि हामी एकजना कसैलाई ईमेल पठाउन चाहन्छौं तर यो अन्य अर्कैलाई जान्छ। कति पटक यस्तो पनि हुन्छ कि पठाउनै नहुने मानिसलाई पनि केहि ईमेल जान्छ।
अधिकांशले जीमेल प्रयोग गर्ने हुँदा यस्तो समस्या हामी सबैले नियमितजस्तै भोगिरहेका छौं । तर जीमेलमा त्यस्तो ईमेललाई फिर्ता लिने फीचर समेत रहेको छ, जसलाई रिकल (Recall)भनेर चिनिन्छ । जसको बारेमा धेरैलाई थाहा छैन् ।
यस्तोमा कसैलाई पठाईएको ईमेल कसरी रिकल गर्ने भनेर आज हामी तपाईंलाई यसको बारेमा बताउँछौं।
जीमेलमा कसरी ईमेल पुनः रिकल गर्ने ?
-जीमेलमा ईमेल रिकल गर्नका लागि तपाई सबैभन्दा पहिले जीमेल एकाउन्टमा जानुहोस्।
-यस पछि ल्याब फीचरमा सुविधामा दिईएको हरियो बटनमा क्लिक गर्नुहोस्।
-अब यहाँ तपाईंले Undo Send को विकल्प देख्नुहुनेछ, यसलाई एक्टिभ गर्नुहोस्।
-अब जतिबेला तपाईंले नयाँ ईमेल पठाउनुहुन्छ, त्यसबेला तपाईंले यसका साथमा एक अनडू (Undo) को विकल्प पाउनुहुनेछ।
-ध्यानमा राख्नुहोस् कि यो विकल्प केवल पाँच सेकेन्डको लागि मात्र भ्यालिड रहन्छ, जसलाई तपाईंले बढाउन पनि सक्नुहुन्छ। (यसको अर्थ तपाईँले कसैलाई पठाएको ईमेल ५ सेकेण्ड भित्र फिर्ता गर्नका लागि अनडू गर्नुपर्ने हुन्छ ।)
प्रकाशित: ४ मंसिर २०७७, बिहीबार