जोन्टा क्लब काठमाडौंले दरबार स्कूललाई मोबाइल र ल्यापटप दियो, अनलाइन शिक्षामा समर्थन गर्दै

Technology Khabar ३ मंसिर २०७७, बुधबार

काठमाडौं ।

कोभिड—१९ महामारी पछिको लकडाउनले निजी विद्यालय र सरकारी विद्यालय शिक्षा बीच एक ठूलो अन्तर सिर्जना गरेको छ । निजी स्कूलका विद्यार्थीहरूले अनलाइन सिकाइका लागि उपकरण र ल्यापटपको प्रयोग गरेर आफ्ना अध्ययनहरू सुरू गरिरहेका छन् तर सरकारी विद्यालयका विद्यार्थीहरूको शिक्षा लगभग बन्द भइसकेको छ । अधिकांश शिक्षकहरूसँग कम्प्युटर सीप हुँदैन र सार्वजनिक विद्यालयका विद्यार्थीहरू अनलाइन शिक्षाको पहुँचका लागि मोबाइल फोन किन्न सक्दैनन् । सरकारले टिभी र रेडियोमार्फत निर्देशनहरू सुरू गर्यो तर त्यो त्यति प्रभावकारी भएको छैन ।

यस मुद्दालाई सम्बोधन गर्न र सार्वजनिक तथा निजी विद्यालयहरूको बीचमा फाटो भर्न जोन्टाले यो परियोजना शुरू गरेको छ । जोन्टा क्लबलाई यस कार्यक्रममा सनराइज बैंक, सीपीएसएन र संस्कृति इन्टरनेशनल स्कूलले समर्थन गरेका थिए ।

नोभेम्बर १३ तारिखबाट यो अनलाइन परियोजनाको आधिकारिक सुरुवात गरिएको छ । परियोजनाले यी विद्यार्थीहरूलाई कोभिड—१९ बीच एक अनलाइन शिक्षा प्लेटफर्म प्रदान गर्दछ । यी स्कूलहरूले अनलाइन कक्षा कोठाहरू संचालन गर्न सक्षम हुनेछन् ।

संस्कृति इन्टरनेसनल स्कूलका निर्देशक साथै जोन्टियन, दिप्ती आचार्यले स्वेच्छाले प्रशिक्षण लिन थालेकी छिन्, “चाँडै शिक्षकहरूले विषय सामग्री सिकाउन, विद्यार्थीको बुझ्ने क्षमता आकलन गर्न, र विद्यार्थीहरूलाई परियोजनाहरू गर्न निर्देशित गर्न सक्षम हुनेछन् ।” उनले भनिन् ।

प्रशिक्षण दुबै सिंक्रनाइज र एसिंक्रनाइज सिकाइ प्लेटफर्महरू— जूम आधारित लाइभ कन्फ्रेरेन्स ईन्टरफेस र गुगल क्लासरुम कभर हुनेछ । यी स्कूलका विद्यार्थीहरूले अनलाइन शैक्षिक गतिविधिहरूको माध्यमबाट उनीहरूको शिक्षालाई जारी राख्न सक्ने अवसर हुनेछ । उनीहरू लेक्चरमा सामेल हुन, असाइनमेन्ट गर्न, गुगल डक्समा आफ्ना साथीहरूसँग सहकार्य गरेर अनुसन्धान गर्न उपकरण प्रयोग गर्न सक्षम हुनेछन् ।

सबभन्दा चाखलाग्दो कुरा के हो भने यी विद्यार्थीहरूले कुनै पनि ज्ञान अनलाइन पहुँच गर्न सक्षम हुनेछन् । तिनीहरू ओएलई नेपाल ई-पाठ बाट ट्यूटोरियल प्राप्त गर्न सक्छन् । तिनीहरूले ई-पुस्तकालयमा पहुँच गर्न सक्नेछन् जहाँ धेरै पुस्तकहरू पढ्न सक्नेछन् ।

प्रकाशित: ३ मंसिर २०७७, बुधबार

तपाइको प्रतिक्रिया