दक्षिण एसियाको ‘टेलिकम्स ल फर्म अफ दी इयर’ को अवार्ड ‘डेल्टा ल’ ले पायो

  • Technology Khabar | ३ मंसिर २०७७, बुधबार
दक्षिण एसियाको ‘टेलिकम्स ल फर्म अफ दी इयर’ को अवार्ड ‘डेल्टा ल’ ले पायो

काठमाडौं ।

नेपाली ‘प्राइभेट ल फर्म’ डेल्टा ल प्राइभेट लिमिटेडले दक्षिण एसियाको ‘टेलिकम्स ल फर्म अफ द इयर’ को उपाधि प्राप्त गरेको छ।

एआई ग्लोबल मिडिया लिमिटेडअन्तरगतको एक्युजिसन इन्टरनेश्नल म्यागेजिनले विश्वभरका ल फर्महरुलाई अवार्ड प्रदान गर्दै आएको अवार्ड ‘टेलिकम्स ल फर्म अफ द इयर-साउथ एशिया’ बाट डेल्टा ल सम्मानित भएको हो।

डेल्टा ल फर्मले टेलिकम, साइबर अपराध, ईकमर्श, फिनटेक, बौद्धिक सम्पत्ति, मिडिया, ट्याक्स लगायतका विभिन्न विषयहरुमा कानूनी परामर्श सेवा दिँदै आइरहेको छ।

एक्युजिसन इन्टरनेश्नलको अवार्ड नोमिनेसनमा सहभागी हुन म्यागेजिनका सब्सक्राइबर्स, अनलाइन भिजिटर, सोसल मिडिया फलोअर्स, क्लाइन्ट आदिले अनलाइन नोमिनेसन फर्म भर्नु पर्दछ ।

यस वर्षको अवार्डका लागि जून ८ देखि अगस्ट ३ सम्म भोटिङसमेत खुल्ला गरिएको थियो ।

अवार्ड प्राप्त गर्ने विजयीले विभिन्न किसिमका ‘पेड एडिसनल बेनिफिट’ पाउन सक्ने बताईएको छ।

प्रकाशित: ३ मंसिर २०७७, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • ३ मंसिर २०७७, बुधबार