
काठमाडौं ।
ह्याकिङ्गको बढ्दो केसलाई ध्यानमा राख्दै, प्रयोगकर्ताहरू अब उनीहरूको स्मार्टफोनमा सेभ हुने डाटाको बारेमा धेरै सजग भएका छन्। अझ डाटा सेक्यूरिटीको लागि तथा फोनको सुरक्षाको लागि विभिन्न विकल्पहरू जस्तै बायोमेट्रिक लक, पिन वा पासकोड उपलब्ध छन्। जहाँसम्म, फोन लक राखेर मात्रै तपाईँको सिमको सुरक्षाको ग्यारेन्टी हुँदैन। सिम सुरक्षाको महत्त्व सिम स्वापिंग सम्बन्धित ह्याकिगका घट्नाहरुले गर्दा उल्लेखनीय रूपमा वृद्धि भएको छ।
सिममा सम्पर्कहरूको फोन नम्बरको साथसाथै बिलिग जानकारी पनि हुने गर्दछ। यति मात्र होईन, बैंकिङ्क कारोबार ओटिपी पनि सिमबाट नै आउँछ। त्यसैले सिमको सुरक्षा धेरै महत्त्वपूर्ण हुने गर्दछ।
आज, हामी तपाईंलाई आफ्नो सिम कार्ड साइबर क्रिमिनलहरूले ह्याक गर्न नसक्ने गरि सुरक्षित बनाउनको लागि विशेष उपाय बताउँदैछौं।
यहाँ हामी तपाइँलाई आफ्नो मोबाइलको सिमको सुरक्षा कसरी सुधार गर्न सक्नुहुन्छ साथै सिम पिन प्रयोग गरेर कसरी लक गर्न सक्नुहुन्छ भनेर जानकारी दिनेछौं। सिम पिन एक्टिभ भएपछि, फोन रिस्टार्ट गर्दा वा अन्य फोनमा सिम हाल्दा सिम पिन आवश्यक पर्दछ। यो सुरक्षाको मामला मा धेरै प्रभावकारी रहेको छ।
सिम पिन सक्रिय गर्न यी स्टेपहरू अनुसरण गर्नुहोस्-



पूर्वनिर्धारित सिम पिन परिवर्तन गर्न अब (Change Sim Card Pin) सिम कार्ड पिन परिवर्तनमा ट्याप गर्नुहोस् ।
यति गरेपछि तपाईँको सिम कार्ड सुरक्षित हुनेछ र अन्य कसैले दूरुपयोग गर्न सक्नेछैन् ।
प्रकाशित: ३ मंसिर २०७७, बुधबार