सिटिजन्स बैंकको मोबाइल बैंकिङमा क्यासब्याक योजना

  • Technology Khabar | २८ कार्तिक २०७७, शुक्रबार
सिटिजन्स बैंकको मोबाइल बैंकिङमा क्यासब्याक योजना

काठमाडौं ।

सिटिजन्स बैंकले तिहारलाई लक्षित गर्दै मोबाइल बैंकिङमा क्यासब्याक योजना ल्याएको छ। बैंकले यो तिहार सिटिजन्स डिजिटल कारोबारमा क्यासब्याक बहार योजना सार्वजनिक गर्दै मोबाइल बैंकिङमार्फत पैसा पठाउँदा सय रुपैयाँ क्यासब्याक दिनेछ।

यो योजना कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म तीन पटक दुई हजार भन्दा बढी रकम मोबाइल बैंकिङमार्फत पठाउनेले यो क्यासब्याक पाउनेछन्। बैंकका अनुसार यसरी पैसा पठाउँदा सिटिजन्स तिहार भनेर खुलाउनुपर्नेछ।

तिहारमा खेलिन देउसी भैलो र भाइटिकाको दक्षिणा पठाउन सहज बनाउन यो योजना ल्याएको बैंकले जनाएको छ। बैंकले तिहारलाई लक्षित गर्दै डिजिटल सहायता केन्द्रको समेत स्थापना गरेको छ।

प्रकाशित: २८ कार्तिक २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

रेडमी १५ए सार्वजनिक, यस्ता छन् विशेषता

  • Technology Khabar
  • २८ कार्तिक २०७७, शुक्रबार