एप्पल आईफोन एसईको नयाँ अपडेट आगामी वर्ष नआउने प्रक्षेपण

  • Technology Khabar | २८ कार्तिक २०७७, शुक्रबार
एप्पल आईफोन एसईको नयाँ अपडेट आगामी वर्ष नआउने प्रक्षेपण

काठमाडौं ।

आगामी एप्पल आविष्कारको बारेमा जानकारी र लीकका लागि चिनिएका टिएफ अन्तर्राष्ट्रिय सेक्यूरिटी विश्लेषक मिंग ची कुओले एप्पलले आउँदो वर्षमा आईफोन एसईमा नयाँ फोन नल्याउने बताएका छन् ।

गएको अप्रिलमा लन्च भएको आईफोन एसई २०२० को नयाँ अपडेट भर्सन सन् २०२१ मा नआउने भएको हो । यो रिपोर्टमा एप्पलको क्यामरा उत्पादक कम्पनी यूजिंगजियांगको आम्दानी प्रतिस्पर्धाकाबिच कम हुने समेत जानकारी दिईएको छ ।

कुओका अनुसार आईफोन १२ सिरिजको सक्सेसरको रुपमा आईफोन १३ सिरिजमा पनि चार मोडलहरु हुनेछन जसले गर्दा आईफोन एसईको नयाँ अपडेटलाई प्रभावित गर्नेछ ।

आईफोन १३ का चारवटा मोडलहरुमा राखिने क्यामराको लागि चार कम्पनीहरुबिच तिब्र प्रतिस्पर्धा हुने बताईएको छ ।

यसअघि एप्पलले आईफोन १२ का साथमा ल्याएको बजेट आईफोनमा नरोकिने र अर्को वर्ष आईफोन एसईको नयाँ संस्करण ल्याउने रिपोर्ट आएको थियो । जसमा कम्पनीले ६.५ इन्चको स्क्रीन राख्ने र टच आईडी बटन हुने तथा मूल्य घटाउने बताईएको थियो ।

तर कुओको प्रक्षेपणलाई आधार मान्दा भने आईफोन एसईको नयाँ भर्सन आगामी वर्ष आउने संभावना निकै कम रहेको छ । एजेन्सी

प्रकाशित: २८ कार्तिक २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार