बीएमडब्ल्यू आईएक्स इलेक्ट्रिक एसयूभी सार्वजनिक, बजारमा टेस्लासँग प्रतिस्पर्धा गर्ने

  • Technology Khabar | २७ कार्तिक २०७७, बिहीबार
बीएमडब्ल्यू आईएक्स इलेक्ट्रिक एसयूभी सार्वजनिक, बजारमा टेस्लासँग प्रतिस्पर्धा गर्ने

काठमाडौं ।

जर्मन लग्जरी अटो निर्माता बीएमडब्ल्यूले आफ्नो इलेक्ट्रिक एसयूभी बीएमडब्ल्यू आईएक्स बुधबार सार्वजनिक गरेको छ ।

कम्पनीले बजारमा सन् २०२२ को शुरुवातदेखि विश्व बजारमा बिक्रीको लागि उपलब्ध गराउने योजना लिएको छ भने टेस्ला र अन्य प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्न संयुक्त राज्य अमेरिकामा बिक्रीको योजना बनाएको छ।

बीएमडब्ल्यूकाअनुसार आईएक्सको ड्राइविङ्ग दायरा ४८० किलोमिटर हुनुपर्छ। त्यो टेस्ला मोडल एक्स लंग रेन्जको अनुमानित ड्राइभिग दायरा भन्दा कम छ, जुन संयुक्त राज्य अमेरिकामा ५९७ किलोमिटरमा मूल्यांकन गरिएको छ। बीएमडब्ल्यूले भनेका चालकहरूले फास्ट चार्ज स्टेशनमा १० मिनेटमा १२० किलोमिटर दायरा थप्न सक्नेछन्।

बीएमडब्ल्यू आईएक्सलाई हालको बीएमडब्ल्यू एक्स५ एसयूभीसँग तुलना गर्न सकिने बताएको छ । ड्यासबोर्ड एक व्यापक, कर्भ्ड स्क्रीनसहितको छ । रोयटर्स

प्रकाशित: २७ कार्तिक २०७७, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार