
काठमाडौं ।
टेक कम्पनी गूगलले प्रयोगकर्ताहरुको लागि गूगल ड्राइभमा नयाँ फिचर थप गर्न लागेको छ ।
गूगल ड्राइभले चाँडै नै इनक्रिप्टेड फाइलहरु पनि खोल्न दिने भएको छ। अहिलेसम्म गूगल ड्राइभमा इनक्रीप्टेड फाइलहरु खोल्न मिल्दैन ।
ह्याकरहरु हरेक दिन डाटाको पहुँच पाउने बाटोमा लागीरहेका हुन्छन् । त्यही कारणले संवेदनशील डाटालाई इनक्रिप्टेड फाइलमा राख्नु राम्रो उपयुक्त हुन्छ।
एक्सडीएको रिपोर्टअनुसार गूगल ड्राइभको एन्ड्रोइड भर्सन २.२०.४४१.०६.४० मा इन्क्रिप्टेड फाइलहरुलाई खोल्न सपोर्ट गर्ने तयारी गरेको संकेत मिलेको हो। यो फिचर आउने अनुमानसँगै धैरै प्रश्न चिन्ह पनि ठहरिएका छन् ।
यो फिचर आएमा यसले गूगल ड्राइभलाई सुरक्षामा ठूलो सहयोग पुर्याउनेछ । यसले अरु एपको फाइलहरुलाई पनि सुरक्षित पार्नमा सहयोग गर्नेछ ।
यस बाहेक त्यहाँ अझ बढि सूचनाहरू छैनन्, उदाहरणको लागि यदि ड्राइभ प्रयोगकर्ताहरूले सीधा वेबमा वा गूगलका एपहरूमा फाइलहरू इन्क्रिप्ट गर्न सक्षम हुनेछन्। एजेन्सी
प्रकाशित: २७ कार्तिक २०७७, बिहीबार