डिशहोमको डवल धमाका अफर दिपावलीको अवसरमा पनि निरन्तर

  • Technology Khabar | २० कार्तिक २०७७, बिहीबार

काठमाडौं ।

डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “डिशहोममा डिलर दाईको डिस्काउन्ट” नामक अफर संचालन गरिरहेको छ ।

यसै अफर लाई डिशहोमले वडा दशैंसंगै दिपावलीको उपलक्ष्यमा पनि निरन्तरता दिदै २४ महिना रिचार्जमा डबल धमाका अफर ल्याएको छ ।

यस अफरमा डिलरदाई मार्फत फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्दा साप्ताहिक लक्की ड्रमा भाग लिने अवसर प्राप्त हुनेछ भने २ बर्षे रिचार्जमा साप्ताहिक लक्की ड्रमा डबल मौका प्राप्त हुनेछ । हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रति व्यक्ति रु एक/एक लाख नगद उपहार यस अफर मार्फत जित्ने कम्पनीले जानकारी दिएको छ ।

साप्ताहिक लक्की ड्रको बिजेताको घोषणा डिजिटल प्रणालीबाट ग्राहकहरुको डिशहोम सेट–टप बक्सको कास आईडी CAS ID को आधारमा गरिनेछ ।

हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १००, र रमाईलो टिभीमा लक्की ड्रको प्रत्यक्ष प्रशारण हुन्छ ।

कम्पनीकाअनुसार अनलाइनमार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो अफरमा सहभागी गराईने छ ।

फण्ड ट्रान्सफर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने डिशहोमले जनाएको छ ।

प्रकाशित: २० कार्तिक २०७७, बिहीबार

तपाइको प्रतिक्रिया