Technology Khabar २० कार्तिक २०७७, बिहीबार
काठमाडौं ।
अन्तर्राष्ट्रिय फिटनेस ट्र्याकर ब्राण्ड फिटबिट नेपाली बजारमा आधिकारीकरुपमा प्रवेश गरेकोछ ।
फिटबिटलाई नेपाली बजारमा शारदा ग्रुपले भित्र्याएको हो भने ग्रुपअन्तरगतको बरुण इन्टरप्राइजेजले आधिकारीकरुपमा फिटबिटका उत्पादनहरु नेपाली बजारमा भित्र्याउने र बिक्री गर्नेछ ।
हाल कम्पनीले नेपाली बजारमा फिटबिटका ६ वटा विभिन्न उत्पादनहरु ल्याउने छ भने ती सबै पहिलो चरणमा ईकमर्श साइट दराज डटकमबाट आगामी ११.११ अनलाइन सेलमा बिक्री शुरु गर्ने कम्पनीले जानकारी दिएको छ ।
नेपाली बजारमा फिटबिट इन्स्पायर २, फिटबिट चार्ज ४, फिटबिट चार्ज ४ एसई, फिटबिट भर्सा २, फिटबिट भर्सा एसई, फिटबिट भर्सा ३ उपलब्ध हुनेछ ।

नेपाली बजारमा उपलब्ध हुने यी फिटबिट प्रडक्टहरुको मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन् ।
फिटबिट सन् २००७ मा स्थापना भएको कम्पनी हो जसले फिटनेसको क्षेत्रमा विभिन्न किसिमका उत्पादनहरु बजारमा ल्याएको छ । विशेषगरि यसले स्वास्थ्यसँग सम्बन्धित ग्याजेटहरु उत्पादन गर्दै आएको छ ।
विश्व बजारमा हाल फिटबिटका २ करोड ३० लाख भन्दा बढि सक्रिय प्रयोगकर्ताहरु छन भने कम्पनीले वार्षिक १.४ अर्ब डलर आम्दानी गर्ने गरेको छ ।
हाल फिटबिटलाई गूगलको अधिमा रहेको छ । गूगलले फिटबिटलाई सन् २०१९ मा २.१ अर्ब डलरमा अधिग्रहण गरेको थियो ।
प्रकाशित: २० कार्तिक २०७७, बिहीबार