
काठमाडौं ।
कर्मचारी सञ्चय कोषबाट लिइएको ऋणको सावा तथा व्याज माछापुच्छ्रे बैंकको कुनै पनि शाखाको काउन्टर बाट सहजै भुक्तान गर्न सकिने भएको छ ।
कर्मचारी सञ्चय कोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूलाई साँवा र ब्याजसहितको किस्ता रकम भुक्तानी गर्ने सेवा प्रदान गर्ने माछापुच्छ्रे बैंक पहिलो बैंक बनेको हो।
यस व्यवस्थाले कर्मचारी सञ्चय कोषका ऋणीहरुलाई कर्जा भुक्तानी गर्न कर्मचारी सञ्चय कोष धाउन नपर्ने भएको छ ।
यस अघि माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबिच कर्मचारी सञ्चय कोषका ऋणीहरुले लिएको ऋणको सावा तथा व्याज कनेक्ट आइपिएस मार्फत भुक्तान गर्न सक्ने गरि सहमति भएको थियो र सो अनुरुप बैंक नपुगिकन विद्युतीय माध्यमबाटै किस्ता रकम सजिलै भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ।
प्रकाशित: १८ कार्तिक २०७७, मंगलवार