
काठमाडौं ।
छोटो भिडियो साझेदारी एप टिकटकले आफ्नो म्यूजिक लाइब्रेरी बिस्तार गर्न सोमबार सोनी म्यूजिक इन्टरनेटमेन्टसँग सम्झौता गरेको छ ।
यस सम्झौताले आफ्ना सबै प्रयोगकर्ताहरूलाई सोनीको पोर्टफोलियोमा पहुँच पुर्याउँछ जहाँ यूजर्सले विश्वस्तरका कलाकारहरू जस्तै बियन्से, मार्टिन गेरिक्स र ह्यारी स्टाइलहरुको गीत संगीतमा पहुँच पाउनेछन् ।
यस सम्झौताले सोनी म्युजिकलाई टिकटकको प्लेटफर्म प्रयोग गर्न अनुमति दिनेछ । जहाँ कलाकारहरूले फ्यानहरू छिटो बनाइरहेका छन भने आफ्नो गीत संगीतलाई सिधै प्रबर्द्धन गरिरहेका छन् ।
अहिलेको सम्झौता अमेरिकी वाणिज्य विभागले संघीय अदालतको एक निर्णयले टिकटकमाथिको कारबाही रोकिएपछि त्यसको कडा प्रतिबाद गर्ने बताएको एक दिनपछि भएको हो ।
टिकटकले यस वर्षको सुरूमा बेलायतमा आधारित गैरनाफामुखी संस्था मर्लिनसँग पनि यस्तै किसिमको सम्झौतामा हस्ताक्षर गरिसकेको छ। एजेन्सी
प्रकाशित: १८ कार्तिक २०७७, मंगलवार