Technology Khabar १८ कार्तिक २०७७, मंगलवार
काठमाडौं ।
टेक कम्पनी ह्वावेले गत अप्रिलमा नोभा सेभेन एसई स्मार्टफोन लन्च गरेको थियो भने गत महिना मात्रै कम्पनीले नोभा ७ एसई ५जी यूथ लन्च गरेको थियो ।
अब भने कम्पनीले नयाँ स्मार्टफोन ‘नोभा एट एसई’ लन्च गर्ने घोषणा गरेको छ । कम्पनीले नोभेम्बर ५ मा नयाँ स्मार्टफोन नोभा एट एसई चीनमा लन्च गर्न लागेको हो ।
ह्वावेले आफ्नो वेबो एकाउन्टमा नयाँ टिजर जारी गरेको छ जसमा नोभा ८ एसईमा चार रियर क्यामरा हुने र ती आईफोन १२ जस्तै हुने सुनिश्चित गरेको छ ।
यसका साथै हाउजिंगको दाहिने भागमा पावर की र भोल्यूम रकर हुनेछ ।
ह्वावेको नयाँ स्मार्टफोनमा ६.५३ ओएलईडी स्क्रीन हुनेछ भने ६४ मेगापिक्सेलको क्वाड क्यामरा तथा ६६ वाटको फास्ट चार्जिंग सपोर्ट हुनेछ ।

सो स्मार्टफोनमा ६० हर्जको फूलएचडी प्लस डिस्प्ले हुने चर्चा रहेको छ भने यो डाइमेन्सिटी ७२० र डाइमेन्सिटी ८००यू सहितका दुई भेरिएन्टमा आउने अनुमान गरिएको छ ।
स्मार्टफोनमा पावरका लागि ३,८०० एमएएचको ब्याट्री प्याक हुनेछ । एजेन्सी
प्रकाशित: १८ कार्तिक २०७७, मंगलवार