अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा मानिस पुगेको २० वर्ष पुरा, २४० अन्तरिक्ष यात्री र २३० वटा स्पेसवाक

Technology Khabar १८ कार्तिक २०७७, मंगलवार

काठमाडौं ।

अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशन स्थापना गरेको र अन्तरिक्ष केन्द्रमा मानिस पुगेको २० वर्ष पुरा भएको छ । २० वर्ष पुरा भएको बारेमा हालै नासाको स्पेस स्टेशनले ट्विट गरेर २० औं वर्ष पुरा गरेको र सो अवधिमा कयौं किसिमका अनुसन्धानहरु गरिएको जानकारी दिएको छ ।

अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशनमा सन् २००० नोभेम्बरमा पहिलो पटक अन्तरिक्ष यात्रीहरु पुगेका थिए ।

सन् २००० नोभेम्बर २ मा पहिलो पटक अन्तरिक्ष यात्रीहरु बिल शेफर्ड, कस्मोन्टस सर्गेई क्रिकालेभ र यूरी गिजेन्कोले करिब ४ महिना बिताएर विभिन्न उपकरणहरु र ल्याब स्थापना गरेका थिए ।

सन् २००० मा सोयुज स्पेसक्राफ्टबाट पहिलोपटक उडान भरेका थिए जसलाई एक्सपेडिसन १ नाम दिईएको थियो ।

यो २० वर्षको अवधिमा अन्तरिक्ष स्टेशनमा २४० अन्तरिक्ष यात्रीहरु विभिन्न १९ देशहरुबाट पुगेका छन भने २३० वटा स्पेसयात्रा तथा ३ हजार भन्दा बढि अनुसन्धानहरु गरिएको छ ।

सो अन्तरिक्ष अनुसन्धान केन्द्रमा पृथ्विमा गर्न नसकिने किसिमका विभिन्न रोगहरु र अन्य विषयहरुको समेत अनुसन्धान गरिएको छ । जसमा क्यान्सर, अल्जाइमर,पार्किन्सन, अास्थमा, मुटुलगायतका रोगहरुको बारेमा अनुसन्धान गरिएको छ ।

त्यसैगरि पिउनेपानीलाई स्वच्छ बनाउने प्रणालीको विकास, विभिन्न औषधिहरुको अनुसन्धान, क्वान्टम मेकानिक्सको अनुसन्धान, टिस्यू चिपको परीक्षण, विभिन्न खाधान्नहरुको विकास र उत्पादनको बारेमा समेत अनुसन्धान गरिएको छ । जसले मावन जिवनलाई सहज बनाउन भुमिका खेल्ने नासाको भनाई छ ।

हाल सो स्पेस स्टेशनमा ५ जना अन्तरिक्ष यात्रुहरु बस्नसक्ने सुबिधा रहेको छ भने विज्ञान र अनुसन्धानलाई निरन्तरता दिने नासाले उल्लेख गरेको छ ।

प्रकाशित: १८ कार्तिक २०७७, मंगलवार

तपाइको प्रतिक्रिया