इसेवा र खल्तीबाट वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्न सकिने

Technology Khabar १८ कार्तिक २०७७, मंगलवार

काठमाडौं ।

अब मोबाइल वालेटहरु इसेवा र खल्तीबाट वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्न सकिने भएको छ ।

वैदेशिक रोजगार बोर्डले डिजिटल माध्यमबाट वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्न सकिने व्यवस्था गरेसँगै इसेवा र खल्तीबाट रकम जम्मा गर्न सकिने भएको हो ।

वैदेशिक रोजगार नियमावली २०६४ को नियम २४ बमोजिम श्रम स्वीकृती लिई वैदेशिक रोजगारमा जाने नेपाली कामदारले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ ।

बोर्डकाअनुसार स्वदेश तथा विदेशमा जहाँ भएपनि नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक संस्था इसेवा फोन पे प्रालि र स्प्यारो पे प्रालिबाट सजिलै भुक्तानी गर्न सकिने गरी व्यवस्था मिलाइएको छ ।

साथै उल्लेखित भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट सेवा लिए वापत सेवाग्राहीले कुनै पनि अतिरिक्त शुल्क तिर्न नपर्ने गरी आवश्यक व्यवस्था मिलाईएको समेत बोर्डले जनाएको छ ।

प्रकाशित: १८ कार्तिक २०७७, मंगलवार

तपाइको प्रतिक्रिया