Technology Khabar १७ कार्तिक २०७७, सोमबार
काठमाडौं ।
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्नो हवाई सेवामा नयाँ सफ्टवेयर लागू गरेको छ ।
एयरलाइन्सले पहिले सञ्चालन गर्दै आएको सीता फ्लाइट प्लानिङ्ग सफ्टवेयरलाई परिवर्तन गर्दै नयाँ अत्याधुनिक नवब्लू फ्लाइट प्लानिङ्ग सफ्टवेयर (एन–एफपी) लागू गरेको हो ।
उक्त सफ्टवयर एयरबस कम्पनीले विकास गरेको अत्याधुनिक सफ्टवेयर रहेको एयरलाइन्सले जानकारी दिएको छ।
एन–एफपी प्रणालीमा मौसम पूर्वानुमान नोटिम, राइम प्रिडक्सन, ओभरफ्लाई चार्जेज, राउट एण्ड फ्यूल अप्टिमाइजेसन लगायतका बहुउपयोगी विशेषताहरु रहेको एयरलाइन्सलाई फाइदाजनक रहेको निगमले बताएको छ । उक्त सफ्टवेयरले हवाई उडानलाई सुरक्षित, भरपर्दो र अझ बढी प्रविधिमैत्री बनाउनेमा समेत एयरलाइन्सले विश्वास व्यक्त गरेको छ ।
अहिलेको प्रतिस्पर्धात्मक युगमा आफ्नो सेवा र सुरक्षालाई समायानुकुल सुधार गर्न र व्यवसायिक सफलताका लागि पनि यस्तो प्रविधि भित्र्याउनु परेको एयरलाइन्सले बताएको छ।
प्रकाशित: १७ कार्तिक २०७७, सोमबार