यसरी सुन्नुहोस् युट्यूबमा भएको भिडियोको ब्याकग्राउण्डमा अडियो साउण्ड

Technology Khabar १७ कार्तिक २०७७, सोमबार

काठमाडौं ।

स्मार्टफोन दैनिक जिवनको एक अभिन्न अंग भईसकेको छ । स्मार्टफोनमा हामी एकैपटकमा एकभन्दा धेरै काम गर्न चाहन्छौं ।

कतिपय मानिसहरु गीत संगीत सुन्दै स्मार्टफोनमा काम गर्न चाहन्छन र युट्युब चलाउँछन् । तर युट्युब प्रयोग गर्दा ब्याकग्राउन्डमा अडियो मात्रै चलाएर अर्को काम गर्न सकिदैन् ।

आज हामी तपाईलाई यस्तो तरिका बारे जानकारी दिदैछौं जसले गर्दा तपाई आफ्नो स्मार्टफोनबाट युट्युबमा भएको भिडियोको ब्याकग्राउण्डमा अडियो मात्रै चलाउन सक्छौं ।

एन्ड्रोइड प्रयोगकर्ताको लागी

  • सुरुमा आफ्नो फोनमा भएको क्रोम ब्राउजरमा गएर युट्युब खोल्नुहोस् ।
  • त्यसपछि तीनवटा डट भएको ठाउँमा क्लिक गर्नुहोस र डेक्सटप साइटमा क्लिक गर्नुहोस् ।
  • डेक्सटप साइटमा क्लिक गरेपछि तपाई जुन भिडियोको अडियो ब्याकग्राउण्डमा सुन्न चाहनुहुन्छ सो भिडियो ओपन गर्नुहोस् ।
  • भिडियो ओपन भएपछि होम बटन थिच्नुहोस् र क्रोमबाट बाहिर निस्कनुहोस् ।
  • क्रोमबाट बाहिर निस्किएपछि मोबाइलको नोटिफिकेसन देखाउने ठाउँमा गएर प्ले बटनमा क्लिक गरी ब्याकग्राउण्डमा अडियो मात्र सुन्न सक्नुहुनेछ ।

आइओएस प्रयोगकर्ताको लागी

  • पहिले आफ्नो आइओएस डिभाइसमा डल्फिन वेब ब्राउजर डाउनलोड गर्नुहोस् ।
  • डल्फिन वेब ब्राउजरमा युट्युबको साइट खोल्नुहोस् ।
  • त्यसपछि तपाई जुन भिडियो सुन्न चाहनुहुन्छ त्यसलाई प्ले गर्नुहोस् ।
  • अनि डल्फिन वेब ब्राउजरबाट बाहिर निस्किने र मोबाइलको नोटिफिकेसन देखाउने ठाउँमा गएर प्ले बटन थिच्नुहोस् ।

प्रकाशित: १७ कार्तिक २०७७, सोमबार

तपाइको प्रतिक्रिया