एप्पलले पेटेन्टको मुद्धामा भेर्नेटएक्सलाई ५०२.८ मिलियन डलर तिर्नुपर्ने अदालती आदेश

  • Technology Khabar | १७ कार्तिक २०७७, सोमबार
एप्पलले पेटेन्टको मुद्धामा भेर्नेटएक्सलाई ५०२.८ मिलियन डलर तिर्नुपर्ने अदालती आदेश

काठमाडौं ।

टेक्सासको एउटा निर्णायकले यस्तो आदेश दिएका छन कि एप्पलले भिपिएन अन डिमान्डको सुबिधा लिएकोमा भेर्नेटएक्सलाई ५०२.८ मिलियन डलर पेटेन्ट रोयल्टी तिर्नुपर्ने भएको छ।

भिपिएनको यो सुविधा जसले आईओएस प्रयोगकर्ताहरूलाई भिपिएन कनेक्सन पहुँच गर्न अनुमति दिन्छ।

दुबै कम्पनीहरु दस बर्षदेखि पेटेन्टको कानुनी लडाईमा संलग्न छन् । भेर्नेट एक्स, जसलाई कहिलेकाँही पेटेन्ट ट्रोल पनि भनिने गरिन्छ, किनकी एप्पलको भिपिएन अन डिमांड र फेसटाइममा यसको टेक्नोलोजी प्रयोग गर्छन् भन्ने तर्क राखिन्छ।

एप्पलले एक विज्ञप्तिमा यो निर्णयलाई अपील गर्ने योजना बनाएको बताएको छ । “यो केस विगत दशकदेखि चलिरहेको छ, पेटेन्टहरू जुन हाम्रा उत्पादनहरूको मूल सञ्चालनसँग सम्बन्धित छैन र पेटेन्ट अफिसले अमान्य ठहर गरेको छ। यस किसिमका केसहरूले केबल नवीनता र उपभोक्ताहरूलाई हानी पुर्याउँछन्। ” कम्पनीले भन्यो ।

यस वर्षको शुरूमा, एक अमेरिकी अपील अदालतले एप्पलको स्प्लिट निर्णयको फैसलामाथि पुनर्विचार गर्ने अनुरोधलाई अस्वीकार गरेको थियो जसले भेर्नेटएक्स पेटेन्टमा उल्लंघन भएको पाएको थियो।

यसअघि टेक्सासको संघीय अदालतले २०१९ मा एप्पलको फेसटाइम र आईमेसेज पछाडिको अन्तर्निहित टेक्नोलोजीलाई जनाउने इन्टरनेटमा आधारित संचार सम्बन्धी पेटेन्टमा भेर्नेटएक्सलाई ५०२.६ मिलियन डलर भुक्तानी गर्न एप्पललाई आदेश दिएको थियो । एजेन्सी

प्रकाशित: १७ कार्तिक २०७७, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...