
काठमाडौं ।
पछिल्लो समय विदेशबाट चिठ्ठा परेको भन्दै ‘फ्रड कल’ गर्ने प्रवृत्ति बढेको हुँदा सर्तक रहन एभरेष्ट बैंकले ग्राहकहरुलाई सचेत गराएको छ ।
चिठ्ठा परेको प्रलोभन देखाई कर बराबरको रकम बैंक खातामा जम्मा गर्न लगाउने नाममा ठगी भएको भन्दै बैंकले सतर्क गराएको हो ।
हालै सो समस्या बढ्दै गएपछि बैंकले सार्वजनिक सूचना नै जारी गरेर सबैलाई सचेत गराएको हो ।
विगत केही समयदेखि नेपाल, भारत, पाकिस्तान लगायत अन्य मुलुकको मोबाइल नम्बरबाट विभिन्न प्रलोभन देखाउँदै एभरेष्ट बैंक लिमिटेडको खाता नम्बरमा रकम जम्मा गर्न लगाइएको सन्दर्भमा बैंकले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
सो बारेमा बैंकले भ्रामक एवम् निराधार सूचनामा विश्वास नगर्नुहुन सम्पूर्ण ग्राहक अनुरोध गरेको छ भने त्यस्तो किसिमको फोन कल वा कुनै सूचना प्राप्त भएमा बैंकको नजिकैको शाखा कार्यालयमा वा नजिकैको प्रहरी कार्यालयमा जानकारी गराई सचेत सबैसँग अनुरोध गरेको छ ।
*हेडलाईन सम्पादन
एभरेष्ट बैंकको अत्यन्तै जरुरी सूचना#EverestBank pic.twitter.com/6Sf4k0uMmA
— Everest Bank Limited (@Everest_Bank) November 1, 2020
प्रकाशित: १६ कार्तिक २०७७, आईतवार