
काठमाडौं ।
पछिल्लो दिनमा गूगलले गूगल म्याप्सलाई सुधार गर्दै नयाँ उपयोगी फीचरहरु ल्याईरहेको छ । अधिकांश मानिसहरुले आफ्नो स्थान सेयर गर्न गूगल म्याप्सको प्रयोग गर्ने गर्दछन् ।
तपाईँपनि गूगल म्याप्समा आफ्नो लाइभ लोकेसन साथीहरु र परिवारको सदस्यहरुसगँ सेयर गर्न सक्नुहुन्छ । यसरी आफ्नो लाइभ लोकेसनको जानकारी सेयर गर्दा केही हानी त हुँदैन ? भन्ने प्रश्न आउनु स्वभाविक नै हो ।
तर यसमा तपाईँले आफ्नो लोकेसन हेर्नको निमित्त छनौट गरेका व्यक्तिहरुले मात्र हेर्न सक्छन् र तपाईले आफ्नो लाइभ लोकेसन सेयरको समय पनि निर्धारण गर्न सक्नु हुन्छ ।
अझ आफू कठिन र समस्यामा रहेको बेलामा लाइभ लोकेसन शेयरिङ फिचर निकै उपयोगी हुने गर्दछ भने नयाँ ठाउँमा जानको लागि पनि यो फिचर लाभदायी छ ।
यहाँ हामी तपाईँलाई कसरी आफ्नो लाइभ लोकेसन सेयर गर्ने भनेर सामान्य जानकारी दिने प्रयास गर्दछौं ।
यसरी सेयर गर्नुहोस् तपाईको लाइभ लोकेसनः
१. पहिला गूगल म्यापमा भएको साइड मेनू खोल्नुहोस् र लोकेसन सेयरीङलाई सेलेक्ट गर्नुहोस् । त्यसपछि गेट स्टाडेटमा थिच्नुहोस् ।
२. तपाईले आफ्नो लाइभ लोकेसन सेयरको समय निर्धारण गर्न सक्नु हुन्छ । तपाई कति समयको लागी आफ्नो लोकेसन सेयर गर्न चाहनुहुन्छ- यसको लागि त्यहाँ २ वटा अप्सन रहेको हुन्छ-“एक घण्टाको लागि वा तपाईँले म्याप बन्द नगरेसम्म” । यसम्धये तपाईँले कुनै एक अप्सन छनौट गर्नुहोस् ।
३. त्यसपछि तपाईले लाइभ लोकेसन को–को सँग सेयर गर्न चाहनु हुन्छ, छनोट गर्नुहोस् वा तपाईँको कन्ट्याक लिस्टमा भएको कोही व्यक्तिसँग सेयर गर्न सक्नु हुन्छ ।
४. तपाईले लोकेशन सेयरीङको ठिक तल रहेको क्रस थिचेर कुनै पनि समयमा आफ्नो लोकेसन सेयर बन्द गर्न सक्नु हुन्छ ।
तपाईले आफ्नो लाइभ लोकेसन सेयर गरेपछि छनोट गरेका साथीहरु र परिवारमध्ये क–कसले तपाईँको लाइभ लोकसन हेर्दैछन्, तपाईले हेर्न सक्नु हुन्छ ।
प्रकाशित: १६ कार्तिक २०७७, आईतवार