एप्पल आईफोन १३ मा १ टेराबाईटको आन्तरिक स्टोरेज आउनसक्ने

  • Technology Khabar | १६ कार्तिक २०७७, आईतवार
एप्पल आईफोन १३ मा १ टेराबाईटको आन्तरिक स्टोरेज आउनसक्ने
आईफोन १२ र १२प्रो

काठमाडौं ।

एप्पलको आईफोन १२ सिरिज लन्च भएको एक महिना पनि पुरा भएको छैन भने बजारमा उपलब्ध गराउन थालेको केहि साता मात्र भएको छ । तर कम्पनीको आगामी वर्ष आउने नयाँ आईफोनको बारेमा जानकारीहरु आउन शुरु भईसकेका छन् ।

एप्पल आईफोन १३ सीरिजमा १ टेराबाईट (टीबी) आन्तरिक स्टोरेज हुने अनुमान सहितका रिपोर्टहरु आउन थालेका छन् ।

यो स्मरणिय छ कि पहिलो पटक एप्पलले आईफोन १२ प्रो सीरिजमा ६४ जीबी बेस भेरियन्ट नदिए १२८ जीबी बेस स्टोरेज विकल्प दिएको छ। अब यो दावी गरिएको छ कि आगामी आईफोनमा १२८ जीबीको बेस भेरिएन्ट हुने सक्नेछ।

प्रख्यात टिपस्टर जोन प्रोसेसरले दावी गरेका छन् कि आगामी आईफोनहरूमा सबैभन्दा माथिल्लो स्टोरेज अप्सन १ टीबी हुन सक्छ। अहिलेको टप भेरिएन्टको आईफोन मोडेलमा हाल ५१२ जीबी स्टोरेज अप्सन छ जुन विस्तारयोग्य छैन।

यद्यपि यो अझै स्पष्ट छैन कि एप्पलले १ टीबी स्टोरेज भेरियन्टलाई ५१२ जीबी स्टोरेज भेरियन्टसँग बदल्छ वा दुबै विकल्पहरू ग्राहकहरूको लागि उपलब्ध गराइनेछ।

यस्तो सम्भावना छ कि स्ट्याण्डर्ड आईफोन १३ मोडेलको साथमा पनि कम्पनीले ६४ जीबी स्टोरेज भेरियन्ट नल्याई सीधै १२८जीबी स्टोरेज संस्करण दिनसक्नेछ। यसका साथै प्रो मोडेल २५६ जीबीबाट सुरु हुन सक्दछ।

अर्कोतर्फ कम्पनीले आईफोन १२ सिरिजमा १२० हर्ज प्रमोशन डिस्प्ले दिएको छैन, तर यो सुविधा आईफोन १३ को श्रृंखलामा दिन सक्नेछ। यस बाहेक, कुपर्टिनो जायन्टले डिजाइन पनि परिवर्तन गर्न सक्दछ। एजेन्सी

प्रकाशित: १६ कार्तिक २०७७, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार