
काठमाडौं ।
सन् २००१ पछि, पहिलो पटक अक्टुबर ३१ तारिखको रात अर्थात आज राती आकाशमा दुर्लभ ‘निलो चन्द्रमा’ अर्थात ‘ब्लू मून’ देखा पर्दैछ।
जब पूर्णिमा एकै महिनामा दुई पटक हुन्छ, दोस्रो चन्द्रमालाई ‘ब्लू मून’ भनिन्छ। नासाले बताएअनुसार यो हलोवीनको समयमा प्रत्येक १९ बर्षमा मात्र हुन्छ।
भन्न त यसलाई निलो चन्द्रमा भनिन्छ, तर वास्तविकतामा यो चन्द्रमा निलो भने हुँदैन्। यद्यपि यो पूर्णिमा हलोवीनमा डरको वातावरण सिर्जना गर्न पर्याप्त हुनेछ। नासाका अनुसार, २०२० पछि अर्को पटक, ब्लू मून सन् २०३९ मा मात्रै हलोवीनमा देखा पर्नेछ।
हलोवीन एक प्रकारको प्रेत महोत्सव हो, जुन पश्चिमी देशका मानिसहरूले प्रत्येक वर्ष ३१ अक्टुबरको रात मनाउँदछन्, यस रात सबै व्यक्तिहरू भूत तथा प्रेतको जस्तो पोशाक पहिरिने गर्दछन्।
नासाले आफ्नो ब्लगमा बिस्तृतमा भनेको छ कि सामान्यतया ब्लू मून प्रत्येक साढे दुई बर्षमा देखा पर्दछ। २०२० पछि, ब्लू मून अगस्ट २०२३, मे २०२६ र डिसेम्बर २०२८ मा देखा पर्नेछ।
त्यसैगरि, प्रत्येक १९ बर्षमा यस ब्लू मून हलोवीन रातमा देखा पर्दछ, यसलाई मेटोनिक चक्र भनेर चिनिन्छ। ब्लू मून अक्टुबर हार्वेस्ट मून पछि आउँछ।
सैद्धान्तिक रूपमा यसले हिउँदको शुरुवातको संकेत गर्दछ।
फार्मर्स अल्मानाकका अनुसार यसअघि सन् २००१ मा हेलोवीन ब्लू मून पछिल्लो पटक देखा परेको थियो र यो मध्य तथा प्रशान्त समय क्षेत्रमा मात्र देखा पर्यो। जे होस्, आज रातकिो ब्लू मून भने सबै समय क्षेत्रहरूमा देख्न सकिन्छ, जुन विरलै हुने गर्दछ। रिपोर्टहरू भन्छन् कि पछिल्लो हेलोवीन पूर्ण ब्लू मून सन् १९४४ मा सबै समय क्षेत्रमा एकैपटक देखिएको थियो।
के हो निलो चन्द्रमा ?
ब्लू मूनको सबभन्दा सामान्य परिभाषा यो हो कि जब एकै महिनामा दुई पूर्णिमाहरु अर्थात पूर्ण चन्द्रमा लाग्दछन्, त्यसबेला दोस्रो पूर्णिमाको चन्द्रमालाई ‘ब्लू मून’ भनिन्छ। यद्यपि अर्को परिभाषाले भन्छ कि जब एउटा मौसममा चार पूर्ण चन्द्रमाहरू हुन्छन्, तेस्रो चन्द्रमालाई निलो चन्द्र भनिन्छ। एजेन्सीका साथ
प्रकाशित: १५ कार्तिक २०७७, शनिबार