एभरेष्ट बैंकले ग्राहकहरुलाई भन्यो- खाताको लागि प्रयोग गरिरहेको मोबाइल नम्बर अपडेट गर्नुस्

  • Technology Khabar | १४ कार्तिक २०७७, शुक्रबार
एभरेष्ट बैंकले ग्राहकहरुलाई भन्यो- खाताको लागि प्रयोग गरिरहेको मोबाइल नम्बर अपडेट गर्नुस्

काठमाडौं ।

एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि मोबाइल नम्बर अपडेट गर्नेबारे अत्यन्त जरूरी सूचना प्रकाशन गरेको छ ।

बैंकले ग्राहकहरूले बैंकमा रजिष्टर गरेको मोबाइल नम्बर एक वर्ष वा सोभन्दा बढी समयसम्म प्रयोग गरिएको छैन भने तुरुन्तै आफ्नो नजिकैको बैंकको शाखामा जानकारी गराई आफूले प्रयोग गरिरहेको नम्बर अपडेट गर्न सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेको छ ।

दूरसञ्चार सेवा प्रदायकहरूले एक वर्षसम्म प्रयोगमा नआएका सिमकार्डहरू पुनर्जारी गरी अन्य प्रयोगकर्ताहरूलाई हस्तान्तरण गर्ने प्रावधान ल्याएको बताउँदै बैंकले ग्राहकहरूलाई नम्बर अपडेट गर्न अनुरोध गरेको हो ।

ग्राहकहरुले आफुले चालाएको मोबाइल नम्बर दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले पुन अन्य प्रयोगकर्ताहरूलाई जारी गर्नसक्ने प्रावधानले सम्बन्धीत ग्राहकको बैंकिङ्ग विवरणहरु सोही नम्बरमा जाने र वित्तीय जोखिम बढ्नसक्ने हुँदा आफुले प्रयोग गरिरहेको नम्बर अद्यावधिक गर्न ग्राहकहरूलाई नम्बर गर्न अनुरोध गरेको छ ।

प्रकाशित: १४ कार्तिक २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार