फेसबुक इंडियाको नीति प्रमुखमा शिवनाथ ठकराल नियुक्त

  • Technology Khabar | १४ कार्तिक २०७७, शुक्रबार
फेसबुक इंडियाको नीति प्रमुखमा शिवनाथ ठकराल नियुक्त

काठमाडौं ।

फेसबुक इंडियाकी नीति प्रमुख अंखि दासले मार्क जुकरबर्गको कम्पनीबाट राजीनामा गरेकी छिन्।

भारतमा केन्द्रमा सत्तामा रहेको राजनीतिक पार्टीको पक्षमा गतिविधिहरू गरेको आरोपमा दास केही महिनादेखि विवादमा फसेकी थिईन भने उनलाई संसदिय समितिमा पनि बयानका लागि बोलाईएको थियो ।

भारतमा फेसबुक समस्यामा पर्दै गएसँगै दासले नीति प्रमुखको पदबाट राजीनामा गरेकी थिईन् ।

अब फेसबुकले नयाँ व्यक्ति शिवनाथ ठकराललाई यस पदका लागि छनौट गरेको भारतीय मिडियाहरुले जनाएका छन्। थकरालले यस अघि ह्वाट्सएपमा नीतिगत जिम्मेवारी लिएका थिए।

हेट स्पीचसम्बन्धी नियम बारेमा चलिरहेको बहसमा फेसबुकले यस सम्बन्धमा कुनै ठोस कदम नचालेको आरोप लागेको छ। यी आरोपहरूको केन्द्रमा रहेकी दासको राजीनामाको बारेमा अनुमान लगाइएको थियो दासको राजीनामा पछि ठकरालले उनको पद ओगट्ने कुरा औपचारिक रूपमा भनिएको छैन, तर रिपोर्टहरुले त्यस्ता दाबी गरिरहेको छन्।

ठकराल यसअघिदेखि नै फेसबुकसँग सम्बन्धित रहेका छन। २०१७ देखि मार्च सम्म यस वर्ष फेसबुकको स्वामित्वमा रहेको सामाजिक प्लेटफर्म ह्वाट्सएपका लागि भारत र दक्षिण एशियाका लागि सार्वजनिक नीति निर्देशकको रूपमा काम गर्ने ठकरालले भारत, दक्षिण र मध्य एशियाका लागि नीति प्रमुख रहेकी दासलाई सीधा रिपोर्ट गर्ने गर्दथे। यस भूमिकामा, ठकरालको काम कम्पनीको हितमा सरकारसँग सम्झौता गर्ने र पैरवी गर्नु थियो।

यस अघि ठकरालले न्यूज च्यानल एनडीटीभीसँग १४ बर्ष पत्रकारिता गरेका थिए। सन् २०१४ को चुनावअघि उनी केहि समय भारतीय जनता पार्टीको लागि डिजिटल क्याम्पेनमा सहभागी रहेका थिए ।

प्रकाशित: १४ कार्तिक २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...