२१ वटा गेमिङ एपमा भेटियो एडवेयर, मोबाइलमा इन्स्टल गरेको भए तुरुन्तै हटाउनुस्

  • Technology Khabar | १४ कार्तिक २०७७, शुक्रबार
२१ वटा गेमिङ एपमा भेटियो एडवेयर, मोबाइलमा इन्स्टल गरेको भए तुरुन्तै हटाउनुस्

काठमाडौं ।

गूगल प्ले स्टोरमा उपलब्ध रहेका २१ वटा गेमिङ एपहरुमा मालवेयर समावेश भएको पाइएको छ ।

साइबर सेक्यूरिटी कम्पनी अभास्टकाअनुसार गूगल प्ले स्टोरमा २१ वटा मालवेयर भएको एपहरु भेटाइएको हो । यसलाई एडवेयरको रुपमा पहिचान गरिएको छ । जसकाे अर्थ एप इन्स्टल भएपछि प्रयोग गर्दा अनावश्यकरुपमा विज्ञापनहरु देखाउनेछ ।

गेम स्टोरमा यी गेमहरूले आफूलाई रमाईलो र टाइमपासहरू रूपमा प्रस्तुत गर्दछन्, तर वास्तवमा अनावश्यक र जबरजस्ती विज्ञापन प्रदर्शन गर्दछन, जसले प्रयोगकर्ताहरूलाई अन्य समान एपहरू र खेलहरू डाउनलोड गर्न आकर्षित गर्दछ।

अझै केहि गेम्स एप गूगल प्ले स्टोरमा डाउनलोडको लागि उपलब्ध छन्।

यी एप्सले कुनैपनि डाटा वा जानकारी नचाेरेपनि यसले आफ्नो आम्दानी गर्नको लागि अनावश्यक विज्ञापन देखाउने गर्दछ ।

यी २१ ओटा एपहरुलाई ८ मिलियन भन्दा बढी पटक डाउनलोड गरिएको छ । अहिले पनि ६ ओटा एपहरु भने प्ले स्टोरबाट हटाइएको छैन् ।

यदि यी २१ वटा एपमध्ये कुनैपनि एप तपाईले इन्स्टल गर्नुभएको छ भने तुरुन्तै आफ्नो फोनबाट हटाउनुहोस् ।

यी हुन एडवेयर भएका गेम्स एपहरुको सूची-

  1. शूट डेन,
  2. क्रश कार,
  3. रोलिंग स्क्रोल,
  4. हेलीकप्टर अट्याक न्यू,
  5. एसासिन लेजेन्ड – २०२० न्यू,
  6. हेलीकप्टर शूट,
  7. रग्बी पास,
  8. फ्लाइङ्ग स्केटबोर्ड,
  9. आइरन इट,
  10. शूटिंग रन,
  11. प्लान्ट मोन्सटर,
  12. फाइण्ड हिडन,
  13. फाइण्ड द डिफरेन्सेज –पजल गेम,
  14. जम्प जम्प,
  15. रोटेट सेप,
  16. फाइण्ड ५ डिफरेन्सेस – २०२० न्यू,
  17. स्वे म्यान,
  18. मनी डिस्ट्रोयर,
  19. डिजर्ट अगेन्स्ट,
  20. क्रीम ट्रिप,
  21. प्रोप्स रेस्क्यू

प्रकाशित: १४ कार्तिक २०७७, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

नोकियाले प्रारम्भिक वाइफाइ ९ भिजन साझा गर्यो

  • Technology Khabar
  • १४ कार्तिक २०७७, शुक्रबार

ओप्पो के१४ ५जीको खुला बिक्री सुरु

  • १४ कार्तिक २०७७, शुक्रबार

Integrated Digital Pension Service launched

  • १४ कार्तिक २०७७, शुक्रबार

NASA returns Moon rocket to pad, eyeing April 1 launch

  • १४ कार्तिक २०७७, शुक्रबार

MAW Vriddhi announces nationwide Mega Exchange Carnival from 12th to 14th Chaitra

  • १४ कार्तिक २०७७, शुक्रबार